गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ १२:१९

बाजुरा क्याम्पसद्धारा नयाँ वर्षको शुभकामना सहित सद्भाव लागि वनभोज

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०४, २०८२
बाजुरा क्याम्पसद्धारा नयाँ वर्षको शुभकामना सहित सद्भाव लागि वनभोज

बाजुरा : बाजुरा क्याम्पसले वनभोज कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी र शिक्षकबीचको आपसी सद्भाव र सम्बन्धलाई बलियो बनाउन बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट वनभोज कार्यक्रम आयोजना गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत रहेको बाजुरा क्याम्पसमा स्ववियु निर्वाचन लगत्तै निर्वाचित कमिटीले खुसीयाली र सद्भावका लागि वनभोज आयोजना गरेको स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् । क्याम्पसमा स्ववियु निर्वाचन निर्विरोध भएको हो ।

अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी सबैलाई पद बाँडेर स्ववियु गठन गरिएको थियो । जसमा अध्यक्ष अनेरास्ववियु र सचिव नेविसंघ सहीत सबै पदमा भागवण्डा गरिएको थियो । सद्भाव सहीतको राजनीतिक संस्कार देखाएर स्ववियु निर्वाचन सकाएलगत्तै गरिएको वनभोजले पनि राम्रो सन्देश दिने बाजुरा क्याम्पसका प्रमुख रुपक रौलेले बताएका छन् । 

वनभोजमा अनेरास्ववियुका नेता देखि नेविसंघका नेताहरु स्ववियुमा निर्वाचित कमिटी, क्याम्पसमा अध्यनरत विद्यार्थी सहीत बडीमालिका नगरपालिकाका जनप्रतिनिधी पनि सहभागि थिए । उपलब्ध शिक्षक र विद्यार्थी सबैको उपस्थिति रहेको स्ववियु सचिव बलबहादुर खड्काले जानकारी दिएका छन् । 

आस्था विचार पार्टी भन्दा माथि सम्बन्ध र सहकार्य, अनि आपसी सद्भाव र मित्रतालाई राखेर वनभोज आयोजना गरिएको नेविसंघका नेता तपेश रावलले बताएका छन् । बडीमालिका नगरपालिका ३ रजालीको पीकनीक स्पोट्र्समा आयोजना गरिएको वनभोजमा डेढ सय बढीको संख्यामा विद्यार्थी, शिक्षक सहीत सहभागि थिए । 

सामुहीक रुपमा सद्भाव सहीत गरिने वनभोज सहीतका रचनात्मक कार्यले क्याम्पसको शैक्षिक सुधार, आपसी सहकार्यलाई बलियो बनाएर लैजाने र विद्यार्थी शिक्षक बीचको सम्बन्धमा हार्दिकता बढ्दै जाने विश्वास स्ववियु सभापति लक्ष्मण रोकायाले लिएका छन् । उनले क्याम्पससँगको सहकार्यमा स्ववियुका तर्फबाट यस्ता गतिविधीलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया