गाैमुल खबर डटकम बिहीबार ०४, बैशाख २०८२ ०१:४०

बाजुराको पुल निर्माणमा अनियमितता गर्ने ८ विरुद्ध भ्रष्टाचार मुद्दा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ३०, २०८१
बाजुराको पुल निर्माणमा अनियमितता गर्ने ८ विरुद्ध भ्रष्टाचार मुद्दा

बाजुरा ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरास्थित त्रिवेणी नगरपालिकाको किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा ८ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीहरूले कामभन्दा बढीको बील बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानी पुर्‍याएको पाइएको अख्तियारले जनाएको छ ।

तत्कालीन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरू समेत संलग्न छन् । आयोगले उनीहरूलाई कडा सजायको माग गरेको छ । प्रवक्ता राजेन्द्र पौडेलले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाइने बताए ।

प्रतिक्रिया