बाजुरा ः जिल्लाको बुढीनन्दा नगरपालिका-३ मा चट्याङ लागेर ६ भेडा मरेका छन । छातेपातल भन्ने ठाउँमा भेडीगोठमा चट्याङ लागेर स्थानीय जंगलाल बुढाका ६ भेडा मरेको बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले बताएका छन ।
गएराति ८ बजेतिर परेको चट्याङले भेडाहरु मरेका हुन् । उक्त स्थानमा अन्य के कस्तो ? क्षति भएको छ भनेर बुझ्न जिल्ला प्रहरी कार्यालय बाजुराको टोली घटना स्थलमा गएको छ ।
घटना स्थल टाढा रहेको र शनिबार बिहान ११ बजे मात्र प्रहरीलाई खबर प्राप्त भएकोले प्रहरीको टोली घटना स्थल पुग्न समय लाग्ने भएको छ ।
प्रतिक्रिया