बाजुरा ःजिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्प पीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्प पीडितलाई प्रदान गरिने भएको छ । जिल्लाका नौ पालिका मध्ये हिमाली र जगन्नाथ गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताएका छन् ।
उनले त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार, बुढीगंगा नगरपालिकालाई ८६ लाख र बुढीनन्दा नगरपालिकालाई १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो ।
साथै गौमुल गाउँपालिकामा १३ लाख ७५ हजार, खप्तड छेडेदह गाउँपालिकामा दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई दुई लाख २५ हजार गरी कुल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।
मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आईसकेको प्रजिअ पाध्याले उनले बताएका छन् । मनसुनजन्य विपद्बाट गौमुल गाउँपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका लगायतमा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया