गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:५७

बाजुरामा जीप दुर्घटनामा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ०८, २०८१
बाजुरामा जीप दुर्घटनामा

बाजुरा : बाजुरामा जीप दुर्घटनामा परी एक जना घाइते भएका छन् । शुक्रवार साँझ कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिकाको कुवाडीबाट धुलाचौर आउँदै गरेको जीप वडा नम्बर-४ स्थित लेबडीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मुगुको खत्याड गाउँपालिका ९ का अन्दाजी २५ वर्षका बसन्त लावर्डले चलाएको लु १ ज ४४४५ नम्बरको जीप दुर्घटना भएको जनाएको छ ।

त्यस्तै उक्त दुर्घटनामा सह-चालक खत्याड गाउँपालिका-१० का अन्दाजी १९ वर्षका हरिचन्द्र शाही घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।

घाइते शाहीको टाउको र गर्धनमा चोट लागेको छ भने अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ । जीप एक्कासी अन्यन्त्रित भएर दुर्घटना भएको हो ।

प्रतिक्रिया