गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:५२

बाजुराको गौमुलमा फलाम खानीको सम्भाव्यता अध्ययन

गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत १२, २०८१
बाजुराको गौमुलमा फलाम खानीको सम्भाव्यता अध्ययन

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा फलामको प्रारम्भिक अध्ययन गरिएको छ । नेपाल सरकार खानी तथा भूगर्भ विभागको एक जियोलोजिष्टको टोलीले फलाम सम्भावित स्थानमा पुगेर प्रारम्भिक अध्ययन गरेको हो ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन गरिदिन उद्योग वाणिज्य तथा आपूति मन्त्रालयमा पहल गरेका थिए । सयौं वर्ष अगाडी फलाम उत्खनन् गरेका धाउसहित सामाग्री निर्माण गरी हालसम्म समेत प्रयोग गरिरहेका तथ्यका आधारमा फलाम खानीको अध्ययन गरेको हो ।

नेपाल सरकार खानी तथा भूगर्भ विभाग काठमाण्डौका जियाेलोजिष्ट नविन वि.क र  राजेश शर्माको टोलीले अध्ययन गरेका हुन् । पुराना पुस्ताले फलाम उत्खनन गरेका गुफाहरुमा पुगेर अध्ययन गरिएको वडा नं.२ का वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।

गौमुल गाउँपालिका वडा नं.१ माणी खोलामा रहेको करिब ७/८ मिटर लम्बाई र १/२ मिटर गोलाई बाम्णा धाउ खानी गुफा, अम्लिसको २७ सय १७ मिटर उचाईमा रहेको नुवामाटा, वडा नं.२ को भूटिपरी, रनेडा, वडा नं.३ को आला, वडा नं.४ को निलासैन, वडा नं.५ को पणीकोट लगायतका स्थानमा फलाम खानीको प्रारम्भिक अध्ययन गरिएको जियोलोजिष्ट नविन विकले बताएका छन् ।

स्थानीय स्रोत साधन प्रयोग गरी फलाम निकालिएको करिब ७ वटा खाल्डाँ रहेका छन् । पुराना पुस्ताहरुसंग परामर्श लिदैँ अध्ययनका गरिएको थियो । कतिपय ठाउँमा फलाम उत्खनन् गरेका अग्ला भिरहरुमा ठुल–ठुला गुफा (सुरुङ) भेटिएका छन् । भने कतिपय पहिरोले पुरिएर निशाना नै छैन् । तर उक्त स्थानको अध्ययन गर्दा अहिले नै भन्न सकिने तथ्य प्रमाणहरु भने नभेटिएको र परिक्षणका लागि स्याम्पल संकलन गरेर काठमाण्डौ लगिएको उनले बताए ।

अध्ययन गरिएको स्थानको स्यामपल परीक्षणको रिपोर्टपछि फलाम खानी छ की छैन् भन्न सकिने जियोलोजिष्ट राजेश शर्माले बताएका छन् । विभिन्न स्थानमा फलाम पगालेर सामाग्री निर्माण गरेका किटहरु फेला पारेपनि कुन ठाउँबाट ल्याएर बनाएका हुन् भन्ने एकीन प्रमाणित स्थान कसैलाई थाहा नभएको उनले बताए ।

पहिलो चरणमा संकलित स्याम्पलहरुको परीक्षण गरिने र रिपोर्टको आधारमा क्रमःस अध्ययन गर्ने जियोलोजिष्ट विकले बताएका छन् । रिपोर्टमा फलाम तथा अन्य धातुको प्रचुल सम्भावना देखिए कार्यक्रम राखेर चरणवद्ध रुपमा अध्ययन गरी काम गर्ने उनको भनाई छ ।

विस्तृत फलाम परीक्षणपछि आर्थिक दृष्टिले यी खानी कतिको लाभदायक छ भनेर भन्न सकिने जियोलोजिष्ट शर्माले बताएका छन् । भूगर्भविद्को टोलीले एक हप्तासम्म फलाम खानीको सम्भाव्यता अध्ययन गरी स्याम्पल लिएर काठमाण्डौ फर्किएको छ । 

फलाम खानीको सम्भाव्यता अध्ययन भएपछि स्थानीय खुशी भएका छन् । भने परीक्षण सफलका लागि कामना समेत गरेका छन् । फलाम खानीको सफल परीक्षण भए यहाँका स्थानीयले लाभ पाउने वडा नं.४ का वडाध्यक्ष अमर विकले बताएका छन् । 
खानी अध्ययन टोलीमा वडा नं.२ का वडाध्यक्ष देबबहादुर रोकाया, पत्रकार प्रमित विक, धन बहादुर बोहरा, गाउँपालिका कर्मचारी राम बहादुर रोकायाको सहभागि रहेको थियो । भने प्रत्येक वडाका वडाध्यक्ष र स्थानीयले अध्ययन टोलीलाई काममा सघाएका थिए । 

प्रतिक्रिया