बाजुरा ः मोटरसाइकल दुर्घटनामा परेर एक युवक गम्भीर घाइते भएका छन् । बुढीगंगा नगरपालिका-९ जुवापानी स्थायी घर भएका अन्दाजी २२ वर्षीय मोटरसाइकल चालक राजेन्द्र सिंह रहेका छन् ।
सदरमुकाम मार्तडीबाट बुढीगंगा नगरपालिकातर्फ जादैं गर्दा वीरेखोला नजिक सुदूरपश्चिम प्रदेश ०१-०११ प ६९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर भित्तामा ठोकिएर दुर्घटनामा परेको हो ।
चालकको कानबाट रगत बगेको, दाँत तीनवटा भाँच्चिएको र दुईवटा खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।
गम्भीर घाइते भएका चालक सिंहको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको बताईएको छ । प्रारम्भिक अवस्था हेर्दा घाइतेको अवस्था गम्भीर रहेको तर श्वासप्रवास चलिरहेको छ ।
प्रतिक्रिया