गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:४८

राजावादी समूहद्वारा नेकपा एसको कार्यालयमा आगजनी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १४, २०८१
राजावादी समूहद्वारा नेकपा एसको कार्यालयमा आगजनी

काठमाडौं : राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेको छ । झुन्डझुन्डमा तोडफोड गर्दै हिँडेका राजावादीले एसको कार्यालय तोडफोड र आगजनी गरेका हुन् ।

उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया