बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिस पुग्ने सडक निर्माण कार्य सुरु भएको छ । १ नम्बर वडाको खौलादेखि निर्माण गर्न सुरु गरिएको छ । गौमुल गाउँपालिकाको १ करोड ५० लाख सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख लागतमा ठेक्का सम्झौता भएर निर्माण गर्न सुरु गरिएको छ ।
पूर्वाधार विकास कार्यालय साँफेबगर अन्तर्गत भगवान निर्माण सेवा अछामले सडक निर्माण गर्न सुरु गरेको निर्माण कम्पनीका प्रमुख खेमराज जैशीले बताएका छन् ।
सडक सञ्जाल देखि अन्य विकासका क्रियाकलाप काम नभएको प्रति वडाका जनताका असन्तृष्टि भईरहेको बेला सडक निर्माण कार्य जारी रहेको छ ।
भौगलिक विकटता र बाढीका कारणले गर्दा गौमुल सरकारको लक्ष्य अनुसार सडक पुर्याउने कठिनाई भएको भएपनि नियमित प्रयास सरकारको रहेको छ ।
सीमित स्रोत र विकटताका कारण जनताको माग र सरकारको संकल्प अनुसार कतिपय विकास निर्माणका गतिविधिहरु जनताका अभिलाषा अनुसार पूरा गर्न नसकिएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।
जनताका कामका लागि आफुहरु दौडाहमा रहेको बताउदैं लक्ष्य हाँसिल गर्ने गरी स्थानीय सरकार तदारुकताका साथ लागिरहेको बताएका छन् ।
जनताको माग र आफुहरुको प्रतिवद्धता अनुसार नै विकास निर्माणका गतिविधिमा गम्भीर रहेको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
टेलिफोन टावरका लागि दुर्गाली टोलदेखि विद्युत लाइन विस्तार गर्ने गरी १० लाख रुपियाँ विनियोजन गरिएको छ । अन्द्राडीमा रहेको विद्युत विस्तारका लागि समेत पहल जारी रहेको बताईएको छ ।
जनताका आवश्यकता र माग बमोजिम सरकार प्रतिवद्ध रहेको भएपनि कतिपय गतिविधि स्थानीय सरकारको बलबुता भन्दा बाहिर रहेको छन् ।
प्रतिक्रिया