गाैमुल खबर डटकम सोमबार ०३, चैत २०८१ ०४:०१

मालपोत कार्यालय बाजुराका प्रमुख सुनारलाई पत्नी वियोग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०२, २०८१
मालपोत कार्यालय बाजुराका प्रमुख सुनारलाई पत्नी वियोग

बाजुरा ः जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगवीर सुनारलाई पत्नी वियोग परेको छ । सुनारकी धर्मपत्नी पार्वती सुनारको ५१ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनको मुटु र सुगर तथा थाइराइडको उपचार भईरहेको बेला एक्कासी मृत्यु भएको आफन्त नरबहादुर विकले बताएका छन् ।

लामो समयदेखि मुटु रोगको समस्याले ग्रसित बनेकी सुनारको उपचारको क्रममा मृत्यु भएको हो । उनको आज नै पशुपति आर्यघाटमा अन्येष्टि गरिने बुझिएको छ । मृतक सुनारको जिल्लाको बुढीनन्दा नगरपालिका-६ काेटीला स्थायी घर हो ।

 


 

प्रतिक्रिया