गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ ०१:१३

टाँडाकाेटमा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २१, २०८१
टाँडाकाेटमा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा ः गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् ।

घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार (आज) मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा रहेकाे लहरा घाँस समात्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताएका छन् ।

मृतक रोकाया कैलाश र घटाल देवताका पुजारी समेत हुन् । वस्तुभाउको लालन पालन गर्नका लागि जिल्लामा स्थानीयले वर्षेनी ज्यान गुमाउनु परेको छ । उनको अन्तिम संस्कार छोरा र दाई पुगे मात्र गरिने भएको छ ।

छोरा नेपाल प्रहरी र दाई भारतमा रहेका छन् । उनीहरु बिहीबार मात्र पुग्ने बुझिएको छ । एकाएक मृत्यु भएका कारण सिंगो टाँडाकोट गाउँ अहिले शोकमा परेको छ । 
 

प्रतिक्रिया