गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

थारखोला लघुजलविद्युत आयोजनाको नहर भत्किदाँ विद्युत सेवा बन्द, स्थानीय अध्यारोमा बस्न बाध्य

बाजुरा
रमित वि.क.
आइतबार, साउन २१, २०८०
थारखोला लघुजलविद्युत आयोजनाको नहर भत्किदाँ विद्युत सेवा बन्द, स्थानीय अध्यारोमा बस्न बाध्य

बाजुरा : गौमुल गाउँपालिका–४ मा रहेको थारखोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिको नहर भत्किदाँ विद्युत सेवा अवरुद्ध भएको छ । 
शनिबार राति आएको अविरल वर्षाका कारण नहर माथिबाट ठुलो पहिरो खसेपछि विद्युत सेवा बन्द भएको वडा अध्यक्ष अमर विकले बताए । 
नहर माथिबाट र तलबाट संगै पहिरो गएपछि विद्युत सेवा अवरुद्ध भएको हो । करिव २५ किलोवाट क्षमता रहेको थारखोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिको नहर भत्किएको हो ।
नहर भत्किएपछि गौमुल गाउँपालिका–४ र ५ नम्बर वडाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । भिरालो जमिन माथिबाट आएको पहिरो पन्छ्याउन धेरै समय लाग्ने देखिएको छ । 
नहर मर्मत गर्नका लागि गौमुल गाउँपालिका लगायत अन्य दातृ निकायसंग तत्काल पहल गरिने वडा अध्यक्ष अमर विकले बताए । 
विद्युत सेवा बन्द हुदाँ दुई वटै वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधा लगायत वडामा रहेका विद्यालय तथा अन्य उद्योग धन्दा समेत प्रभावित बनेका छन् । 

प्रतिक्रिया