बाजुरा ः गौमुल गाउँपालिकामा कार्यरत गैरसरकारी संघसंस्थाहरु संगको समन्वय तथा नियमित बैठक बिहीबार बसेको छ । गाउँपालिकामा कार्यरत साझेदार संघ संस्थाहरुले पालिकामा गरेका गतिविधि र गर्ने क्रियाकलापमा विषयमा जानकारी गराएका छन् ।
पालिकामा गिफ्ट नेपाल, पीसविन नेपाल, एच.आर.सी.बाजुरा, सेतो गुराँस, सहकर्मी समाज र एकिकृत विकास समाज नेपाल कार्यरत रहेका छन् ।
कार्यरत संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना परियोजनाले गरेका क्रियाकलाप र गर्ने क्रियाकलापका विषयमा जानकारी गरिएको एकिकृत विकास समाज नेपालका प्राविधिक सहायक रुपा खड्काले बताएकी छन् ।
कार्यक्रममा बोल्दै गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले साझेदार संघ संस्थाहरुले पालिकालाई महत्वपूर्ण टेवा पुर्याएको बताएकी छन् ।
संघ संस्थाहरुका क्रियाकलापले स्थानीय सरकारलाई ठुलो योगदान पुगेको बताउदै समन्वय गरेरै अन्तिम लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा एच.आर.सी. बाजुराका दील बहादुर धामी, पीसविन नेपालका कृष्ण बोहरा, गिफ्ट नेपालका धन बहादुर रोकाया, एकिकृत विकास समाज नेपालका प्राविधिक रुपा खड्का, सहकर्मी समाजका सुजाता घर्ती मगरले कार्यक्रम बारे जानकारी गराएका हुन् ।
कार्यक्रममा गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विक, ६ नम्बर वडा अध्यक्ष प्रकाश बहादुर रोकाया लगायत सरोकारवाला निकायको सहभागीता रहेको थियो ।
प्रतिक्रिया