गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:४३

समाज सचेत र संस्कार संस्कृति जोगाउदै अम्लिसका आमा समूह

बाजुरा
रमित वि.क.
आइतबार, माघ १३, २०८१
समाज सचेत र संस्कार संस्कृति जोगाउदै अम्लिसका आमा समूह

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा रहेको वडा स्तरीय महिला सशक्तीकरण मञ्च विकास निर्माणका साथै परम्परागत रितिरिवाज, संस्कार र संस्कृति जोगाउन निरन्तर काम गरिहरेको छ ।

मञ्चले गाउँको विकासको काममा स्थानीयलाई एक ढिक्का बनाएको छ भने मेला, पर्व, विवाह, भोज लगायतका सांस्कृतिक कार्य धानेको कार्यपालिका सदस्य मैना चदाँराले बताएकी छन् ।

७ वर्षअघि स्थापना गरेको वडा स्तरीय महिला सशक्तीकरण मञ्च गौमुल सरकारले गठन गरेको हो । महिला मञ्चले विगतको अवस्था परिवर्तन गर्दै गाउँको रितिरिवाज र संस्कार जोगाउन काम गरिरहेको छ ।

मञ्चका अध्यक्ष खिरी रोकायाले गाउँघरमा हुने विवाह, पूजापाठ र सांस्कृतिक कार्यक्रम संरक्षणमा जुटेको बताएकी छन् । महिलाहरुको व्यक्तित्व विकास लागि मासिक बैठक बस्ने र बैठकमा सबैलाई पालैपालो लगाएर आफ्नो कुराहरु राख्ने गर्ने गरेको वडा अध्यक्ष देवेन्द्र रोकायाले बताएका छन् ।

गाउँको पुरानो संस्कृति र रीतिरिवाज जोगाउन र महिला अधिकारको सवालमा बहस, मेलमिलापमा सहजीकरण गर्ने काम मञ्चले गरिरहेको छ । मञ्चले नियमित मासिक बैठक बस्ने, लेबी उठाउने र समूहका सदस्यलाई सस्तो व्याजमा आय आर्जनका लागि लगानी गर्ने पनि गरेको छ ।

May be an image of 1 person

प्रतिक्रिया