बाजुरा ः जिल्लाको अति विकट बिच्छ्यामा एक घरमा आगलागी भएको छ । बिहीबार साँझ हिमाली गाउँपालिका–५ बिच्छ्या बस्ने गौरी मलालको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायब उपरीक्षक दीलिप कुमार गिरीका अनुसार मलालको घरमा आगलागी हुँदा करिब ८ लाख बराबराको धनमाल जलेर नष्ट भएको छ ।
खाना पकाउनका लागि बालेको आगोबाट घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै आगलागीबाट घरभित्र रहेका ४ लाख नगद, २ तोला सुन, लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका सामान जलेर ७ लाख ९० हजार रूपैयाँ बराबरको क्षति जनाएको छ ।
प्रतिक्रिया