गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३६

बालविकास माविमा परीक्षाको नतिजा सार्वजनिक सहित समीक्षा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ११, २०८१
बालविकास माविमा परीक्षाको नतिजा सार्वजनिक सहित समीक्षा

बाजुरा ःगौमुल गाउँपालिका–३ माझपालीमा रहेको बालविकास माविले दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक सहित समीक्षा गरिएको छ । ईसीडीदेखि कक्षा–१० सम्मका विद्यार्थीहरुको परीक्षाको नतिजा सार्वजनिक सहित आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा वृहत् छलफल गरिएको प्रधानाध्यापक तीर्थ चौधरीले बताएका छन् ।

परीक्षाको नतिजा अभिभावक सामु सार्वजनिक गर्दै भएको उपलब्धी र थप सुधार गर्ने विषयमा संवाद समेत गरिएको हो । विद्यालयले शैक्षिक गुणस्तर सुधारमा केही राम्रो गरेको भएपनि थप सुधार गर्नुपर्ने गरी सम्पूर्ण सरोकारवाला निकाय क्रियाशील हुनुपर्ने कार्यक्रममा छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कौशल विकले गुणस्तरको नाराले मात्र हुने नभई व्यवहारमा समेत अभिभावकले कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् । सबैको एकताले मात्र शैक्षिक गुणस्तर सुधार हुने भएकोले यसमा सबैले गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिका सदस्य कौशल विक, वडा सदस्य भान बहादुर धामी, नर्मा विक, लाल बहादुर विक लगायतको सहभागीता रहेको थियो । विद्यालयको प्राङ्गगणमा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक हिक्मत भण्डारीले गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया