बाजुरा ः समाजसेवी तथा व्यवसायी रामचन्द्र गिरीले अपाङ्ग, असहाय र विपन्नलाई बसमा छुट दिने घोषणा गरेका छन् । बुढीगंगा नगरपालिका–४ स्थायी घर भएका गिरी विगत लामो समयदेखि सामाजिक सेवा र व्यवसाय गर्दै आएका छन् । भने एमालेको युवा नेता समेत हुन् ।
गिरीले अपाङ्ग, असहाय, विपन्न र गरिब समुदायका व्यक्तिलाई बसमा यात्रा गर्दा निःशुल्क रुपमा छुट दिने घोषणा गरेका छन् । बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा आउने अपाङ्ग, असहाय, विपन्न र गरिब समुदायका व्यक्तिलाई अवस्था र परिचय-पत्रको आधारमा भाँडा नलिने भएका छन् ।
बाजुरा धनगढी संयुक्त यातायात व्यवसायी गठबन्धनको संयोजक समेत रहेका गिरीका आफ्नै बस नियमित बाजुरा धनगढी रुटमा चल्ने गरेका छन् । गिरीका मालिका यातायातको ना ७ ख २०५८ र सुदूरपश्चिम यातायातको सु.प.प्र.०१००१ ख ३०५४ नम्बरका दुईवटा बस नियमित सञ्चालनमा छन् । हाल सदरमुकाम मार्तडीबाट धनगढीको बस भाँडा रु. १ हजार ६ सय ५० र बाम्का बजारबाट १ हजार ४ सय रुपियाँ भाँडा लाग्ने गर्दछ ।
प्रतिक्रिया