बाजुरा ः भवन मात्रै होइन, बदलिएको छ सोच, सिकाइ र गाउँको भविष्य बाजुरा एक समय थियो, गाउँका सामुदायिक विद्यालयको नाम सुन्नासाथ टिनका टहरा, चुहिने छाना, धुलाम्मे कक्षाकोठा, भाँचिएका बेन्च-टेबल र निराश अनुहारका विद्यार्थी सम्झना आउँथे । अभिभावकको विश्वास निजी विद्यालयतर्फ थियो, सामुदायिक विद्यालय भने बाध्यताको विकल्प । तर समयले त्यो तस्वीर बदलिदिएको छ ।
आज बाजुराको जगन्नाथ गाउँपालिकाका विद्यालयमा पुग्ने जो-कोही एकछिन रोकिन बाध्य हुन्छ । चिटिक्क परेका भवन, रंगीन र बालमैत्री कक्षाकोठा, व्यवस्थित फर्निचर, पाठयोजना अनुसारको नियमित अध्यापन, गृहकार्यमा सक्रिय विद्यार्थी, उत्तरदायी शिक्षक र विद्यालयसँगै जोडिएको अभिभावक यी सबै दृश्यले अब सामुदायिक विद्यालयप्रतिको पुरानो धारणा तोडिदिएका छन् ।
यहाँ विद्यालयको रूप मात्रै फेरिएको छैन, गाउँको भविष्यप्रतिको विश्वास पनि फेरिएको छ । जहाँ सबैभन्दा धेरै अभाव थियो, त्यहीँबाट सुरु भएको यो परिवर्तन हो । साविक गोत्री गाविस र जगन्नाथ गाउँपालिका कुनै समय जिल्लाकै सबैभन्दा विकट र शैक्षिक रूपमा कमजोर क्षेत्रमध्ये एक थियो ।
कमजोर भौतिक पूर्वाधार, न्यून सिकाइ उपलब्धि, सीमित स्रोत र अभिभावकको घट्दो विश्वास-यी सबै चुनौतीसँग विद्यालयहरू जुधिरहेका थिए । २०७४ पछि स्थानीय सरकार गठनसँगै शिक्षा विकासलाई केन्द्रमा राखियो । गाउँपालिकाले बजेट विनियोजनदेखि नीति निर्माणसम्म शिक्षालाई पहिलो प्राथमिकता दियो । त्यसपछि सुरु भएको सुधारको यात्रा अहिले उल्लेखनीय उपलब्धिमा परिणत भएको छ ।
शिक्षा शाखा प्रमुख धुव्रबहादुर शाही भन्छन्, “अहिले गाउँपालिकाले विद्यालयको भौतिक अवस्था र शैक्षिक उपलब्धि हेर्दा कुनै पनि पालिकाभन्दा कम छैन । बजेटमै शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएका छौं, त्यसैले परिणाम देखिएको हो ।”
आकर्षक भवन, व्यवस्थित कक्षाकोठा, बालमैत्री कक्षाकोठा, नियमित पठनपाठन, योजनाबद्ध शिक्षण र सिकाइ उपलब्धिमा आएको उल्लेखनीय सुधारले यहाँका विद्यालयलाई उदाहरणीय बनाइरहेको छ । साविक गोत्री गाविस र जगन्नाथ गाविस कुनै समय जिल्लाकै सबैभन्दा विकट र शैक्षिक रूपमा पछाडि परेको क्षेत्र मानिन्थ्यो । विद्यालयको भौतिक अवस्था कमजोर थियो भने सिकाइ उपलब्धि पनि निकै न्यून ।
तर संघीय संरचना लागू भएपछि स्थानीय सरकार गठनसँगै शिक्षालाई विकासको पहिलो आधार मानियाे। गाउँपालिकाले वार्षिक बजेटमै शिक्षालाई उच्च प्राथमिकता दिँदै विद्यालयको भौतिक पूर्वाधारदेखि शिक्षण सिकाइ सुधारसम्म निरन्तर लगानी गर्यो । त्यसको परिणाम अहिले विद्यालयको स्वरूप र गुणस्तर दुवैमा स्पष्ट देखिन्छ । गाउँपालिकामा १९ वटा विद्यालय सञ्चालनमा छन् ।
तीमध्ये ३ वटा कक्षा ११-१२ सञ्चालन गर्ने, ६ वटा माध्यमिक, २ वटा आधारभूत र ११ वटा प्राथमिक विद्यालय रहेका छन् । चालु शैक्षिक सत्रमा २ हजार ७१८ जना विद्यार्थी भर्ना भएका छन् । सबैभन्दा उत्साहजनक पक्ष भनेको सिकाइ उपलब्धिमा आएको सुधार हो । अहिले पालिकाको औसत सिकाइ उपलब्धि ७० देखि ७५ प्रतिशत पुगेको छ । जबकि २०७४ अघि यो दर २० प्रतिशतभन्दा तल थियो ।
वि.स. २०८० सम्म पनि यो उपलब्धि ५०-५५ प्रतिशत वरिपरि सीमित थियो । केही वर्षमै भएको यो सुधार स्थानीय सरकारको योजनाबद्ध प्रयासको प्रतिफल मानिन्छ ।
शिक्षक व्यवस्थापनदेखि अतिरिक्त कक्षासम्म
गाउँपालिकामा हाल ३४ जना स्थायी शिक्षक, २ जना करार, १९ जना राहत शिक्षक र ४१ जना गाउँपालिका शिक्षक कार्यरत छन् । विधालय कर्मचारी ४ जना, १७ जना बाल विकास सहजकर्ता, १९ जना कार्यालय सहयोगी, संघीय अनुदानबाट ४ जना र पालिकाको थप अनुदानबाट ५ जना शिक्षक नियुक्त गरिएको छ ।
विद्यालयमा शिक्षक अभाव हुन नदिन पालिकाले आवश्यकतानुसार दरबन्दी व्यवस्थापन गर्दै आएको छ । भूगोल, विद्यार्थी संख्या र आवश्यकता अनुसार विद्यालय समायोजन, कक्षा स्तरवृद्धि तथा पुनर्संरचना पनि भइरहेको छ । गुणस्तरीय शिक्षाका लागि पालिकाले अतिरिक्त कक्षालाई विशेष महत्व दिएको छ ।
कक्षा ५ र ८ का विद्यार्थीका लागि अनिवार्य अतिरिक्त कक्षा सञ्चालन गरिएको छ भने एसईई तयारीका लागि कक्षा १० मा विशेष अध्ययन कक्षा सञ्चालन हुँदै आएको छ । प्रत्येक विद्यालयलाई वार्षिक ४० देखि ५० हजार रुपैयाँ अतिरिक्त व्यवस्थापन खर्चसमेत उपलब्ध गराइन्छ
“भविष्यका लागि शिक्षामै लगानी”
गाउँपालिका उपाध्यक्ष मरुकला विष्टका अनुसार शिक्षामा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार हो । “गाउँपालिकाको भविष्य आजका नानीबाबुमै निर्भर छ । अरू धेरै योजना पछि सारेर पनि हामीले विद्यालयलाई प्राथमिकता दिएका छौँ । कार्यकाल सुरु गर्दा विद्यालयको अवस्था देखेर मन दुख्थ्यो।
अहिले अनुगमनमा जाँदा गर्व लाग्छ ।” उनको भनाइले स्थानीय सरकारको शिक्षा प्रतिको प्रतिबद्धता स्पष्ट देखाउँछ । शम्भुनाथ आधारभूत विद्यालय त्यसको एउटा राम्रो उदाहरण बनेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रंगवीर सार्कीका अनुसार अहिले विद्यालयको भवन मात्रै होइन, सिकाइ वातावरण पनि पूर्ण रूपमा बदलिएको छ ।
उनले विद्यालयलाई कक्षा ५ बाट कक्षा ७ सम्म विस्तार गरिसकेका छन् भने कक्षा ८ सञ्चालनको तयारी भइरहेको छ । “भवन हेर्दा नै पढ्न मन लाग्छ,” उनी भन्छन्, “शिक्षक पर्याप्त छन्, नतिजा राम्रो छ र विद्यार्थीको उत्साह पनि बढेको छ ।” खेल मैदानको पनि अभाव देखिदैन् ।
यस्तै कैलाश माध्यमिक विद्यालय, देवलकोट माध्यमिक विद्यालय, धलपुरा आधारभूत विद्यालय लगायतका विद्यालयले पनि भौतिक पूर्वाधार र शैक्षिक उपलब्धिमा उल्लेखनीय सुधार गरेका छन् ।
गाउँको विद्यालय, गाउँकै संस्कार
सहरका सुविधा आकर्षक हुन सक्छन् । तर गाउँको विद्यालयले केवल पाठ्यपुस्तकको ज्ञान मात्र दिँदैन, समाजसँग जोडिन, अभावसँग जुध्न, श्रमको सम्मान गर्न र जिम्मेवार नागरिक बन्न सिकाउँछ ।
शिक्षा भनेको परीक्षा उत्तीर्ण गर्नु होइन, असल बानी, अनुशासन, जिम्मेवारी र मानवीय मूल्यको विकास पनि हो । त्यो सिकाइ आफ्नै गाउँ-समाजसँग





प्रतिक्रिया