गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:५१

रेडियो गौमुल बिहीबारबाट चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १०, २०८१
रेडियो गौमुल बिहीबारबाट चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश

बाजुरा ः गौमुल गाउँपालिकाद्धारा सञ्चालित रेडियो गौमुल बिहीबारबाट चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । रेडियो गौमुल २०७७ माघ १० गतेबाट गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रशारणमा आएको हो ।

गौमुल गाउँपालिकामा सामुदायिक रेडियोको रुपमा समुदायको साथी, समृद्धि, सुशासन र सूचनाको सारथी बन्दै आईरहेको छ । गौमुल गाउँपालिका लगायत आम बाजुराबासी अहिले सहज रुपमा सूचना पाईरहेका छन् ।

विगतमा सञ्चारको पहुँच बाहिर रहेका यहाँका जनता अहिले सञ्चार सूचनाको पहुँचसम्म पुगेका छन् । विश्वमा भईरहेका हरेक गतिविधिहको ताजा सूचनाहरु प्राप्त गरिरहेका छन् ।

बिहीबार रेडियो गौमुलले स्थापना दिवसका अवसरमा दिप प्रज्वलन गरेर मनाएको रेडियो सञ्चालन समिति अध्यक्ष ज्ञान बहादुर रोकायाले बताउनुभएको छ । 

रेडियोले ५० प्रतिशत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गदैं आउनुका साथै आवाज विश्वासको हो भन्ने मुख्य कुरालाई शिरोधार्य गर्दै आमश्रोता र पाठक वर्गलाई उपयोगी खुराक पस्किने गरी लागिरहेको रेडियोका स्टेशन प्रबन्धक रमित विकले बताउनुभएको छ ।

विकटमा विभिन्न प्राविधिक बाँधा अड्चन समेतको प्रभाव नगरी हाल रेडियो गौमुलले आफ्नो प्रशारण सेवा विस्तारै लयमा लिदैं गएको उहाँले बताउनुभएको छ ।

हाल ६ पटक स्थानीय समाचार, ३ वटा केन्द्रीय नेटवर्क संगको साझेदारीमा समाचार प्रशारण, रेडियो कार्यक्रम विकास र समृद्धि, गौमुल बहस, मनोरञ्जन कार्यक्रम, स्थानीय संस्कार झल्काउने कार्यक्रम सहित रेडियो दैनिक १५ घण्टा प्रशारणमा रहेको छ ।

प्रतिक्रिया