बाजुरा ः गौमुल गाउँपालिका–४ निलासैनमा पनि आयुर्वेद स्वास्थ्य सेवा बारे जानकारी र सेवा समूह गठन गरिएको छ । आयु र वेद दुई शब्दको समिश्रण हो आयुर्वेद ।
जसको अर्थ हो, शरीर, मन र आत्माको संयुक्त रुपले बन्छ आयु । यी त्रिवेणीलाई संयुक्त रुपमा अध्ययन गर्ने विधालाई वेद भनिन्छ ।
बाँचुञ्जेल सुखी, निरोगी र आनन्दित भएर बाँच्नका लागि जुन नियमहरुको पालना गरिन्छ, त्यसको मार्गदर्शन आयुर्वेदमा छ । आज वडा कार्यालयमा कार्यक्रम बारे जानकारी गरिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।
वडामा रहेका ज्येष्ठ नागरिक र लामो समयदेखि उपचार नपाएर थलामा परेका र आयुर्वेद स्वास्थ्य बारे जानकारी र ज्येष्ठ नागरिकहरुलाई औषधि वितरण गरिएको बताए ।
कार्यक्रममा योग बारे समेत जानकारी गरिएको छ । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।
सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो ।
तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य रहेका छन् ।
गौमुल गाउँपालिका, वडा कार्यालयको समन्वय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा वडा स्तरीय नागरिक आरोग्य सेवा समूह समेत गठन गरिएको छ । सेवामा सहभागी अधिकांश ज्येष्ठ नागरिकहरुले सेवा प्रति खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया