गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३६

एक सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण

बाजुरा
रमित वि.क.
बुधबार, माघ ०९, २०८१
एक सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण

बाजुरा ः गौमुल गाउँपलिका–६ सालीकोटमा रहेको नवज्योति आधारभूत विद्यालयका एक सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी कुसुम बस्नेत र शिव कुमार पन्तको सहयोगमा कक्षा–१ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसो मौसममा जाडोबाट जोगाउन विद्यार्थीलाई निःशुल्क न्यानो कपडा वितरण गरिएको समाजसेवी शिव कुमार पन्तले बताएका छन् । न्यानो लुगा र स्टेशनरी स्वयंम विद्यालयमा उपस्थित भएर वितरण गरिएको हो ।

विद्यार्थीको आवश्यकता मागको आधारमा विद्यार्थीलाई चिसो एवम् जाडोबाट जोगाउन न्यानो कपडा उपलब्ध गराएकोमा सहयोगीलाई विद्यालयले धन्यवाद दिएको छ ।

चिसो ठाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान असहज हुने र गरिबीका कारण चिसो छल्न गाह्रो हुने भएका कारण न्यायो कपडा वितरणले राहत भएको छ ।

न्यानो कपडा वितरण गर्दै समाजसेवी शिव कुमार पन्तले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि सबैले भूमिका खेलेर आगामी दिनमा विद्यालयमा थप सहयोग गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

चिसो सिजनलाई लक्षित गरेर एक-एक जोडा न्यानो लुगा सहयोग प्राप्त भएको प्रधानाध्यापक चित्र बहादुर रोकायाले बताएका छन् । काठमाडौंबाट नै कपडा खरिद गरेर समाजसेवी नै पुगेर वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा सहयोगी मनलाई विद्यालय परिवारले बाजागाजाका साथ भव्य स्वागत गरेको हो । साथै विभिन्न नृत्य समेत प्रस्तुत गरिएका थिए । विद्यालय प्राङ्गगणमा एक औपचारिक कार्यक्रमका बीच कार्यक्रम आयोजना गरिएको थियो ।

न्यानो कपडा व्यक्तिगत रुपमा नै सहयोग गरिएको हो । जापानको एक विश्वविद्यालयमा अध्यापन गराउने कुसुम बस्नेतले आफ्नो नियमित खर्च कटाएर न्यानो कपडा वितरणमा सहयोग गरेको हुन् ।

एक औपचारिक कार्यक्रमका बीच लुगा वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर रोकायाको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रम समाजसेवी शिव कुमार पन्त प्रमुख अतिथि रहेका हुन् ।

कार्यक्रममा गौमुल गाउँ सभा सदस्य राजिन्द्रा विष्ट (रोकाया), पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विक विशिष्ट अतिथि रहेका हुन् ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञामा विक, अभिभावक सुशीला रोकाया लगायत सेवा क्षेत्रका अभिभावक अथिति रहेका हुन् ।

शिक्षक धन बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक देवेन्द्र बहादुर रोकायाले गरेका हुन् । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र अन्य अतिथि गरी २ सय ५० बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया