बाजुरा ः आयु र वेद दुई शब्दको समिश्रण हो आयुर्वेद । जसको अर्थ हो, शरीर, मन र आत्माको संयुक्त रुपले बन्छ आयु । यी त्रिवेणीलाई संयुक्त रुपमा अध्ययन गर्ने विधालाई वेद भनिन्छ । बाँचुञ्जेल सुखी, निरोगी र आनन्दित भएर बाँच्नका लागि जुन नियमहरुको पालना गरिन्छ, त्यसको मार्गदर्शन आयुर्वेदमा छ ।
जसकारण जीवनको अन्तरंग र बाहिरी रंगको पाटोलाई नजिकबाट अध्ययन गर्ने, शरीरको भित्र–बाहिर लाग्ने रोगको उपचार गर्ने र जीवन जिउन सिकाउने पद्धति आयुर्वेदमा छ । यसलाई जीवनदर्शन र जीवविज्ञान पनि भनेर व्याख्या गरिन्छ ।
सोही अनुसार आज गौमुल गाउँपालिका–६ को वडा कार्यालयको केन्द्र घट्मुनामा समेत कार्यक्रम बारे जानकारी गरिएको वडा अध्यक्ष प्रकाश बहादुर रोकायाले बताएका छन् ।
वडामा रहेका ज्येष्ठ नागरिक र लामो समयदेखि उपचार नपाएर थलामा परेका र आयुर्वेद स्वास्थ्य बारे जानकारी नपाएका बिरामीहरुलाई जानकारी गराईएको उनले बताए । कार्यक्रममा योग बारे समेत जानकारी गरिएको छ ।
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो ।
परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य रहेका छन् ।
ज्येष्ठ नागरिकहरुलाई औषधि वितरण तथा सेवा बारे जानकारी गरिएको नागरिक आरोग्य सेवा केन्द्र गौमुल गाउँपालिकाका प्रमुख लक्ष्मी सिंहले बताएकी छन् । गौमुल गाउँपालिका, वडा कार्यालयको समन्वय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा वडा स्तरीय नागरिक आरोग्य सेवा समूह समेत गठन गरिएको छ । सेवामा सहभागी अधिकांश ज्येष्ठ नागरिकहरुले सेवा प्रति खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया