गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३५

नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ ०७, २०८१
नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण

बाजुरा : गौमुल गाउँपालिकामा निर्माण सम्पन्न भएको नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ०७७ चैत २७ गते सम्झौता भएर काम सुरु गरिएको नवनिर्मित अस्पताल भवन सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

जम्मा रकम १३ करोड ८४ लाख ९१ हजार १ सय ९८ पैसामा सम्झौता भएर जम्मा भुतmानी १३ करोड ३९ लाख ९९ हजार ७७ पैसामा भुक्तानी रकम रहेको छ । पीएस रोयल जे.भी.धनगढीले निर्माण गरेको अस्पताल निर्माण कार्य सम्पन्न गरेपछि हस्तान्तरण गरिएको गाउँपालिकाका इन्जिनियर धर्म खडायतले बताएका छन् ।

गौमुल गाउँपालिका–२ को सियाढुङ्गा मालिवनमा बनेको दश शैया अस्पताल निर्माण सम्पन्नपछि गाउँपालिका उपाध्यक्ष सीता थापालाई निर्माण कम्पनीले चाबी बुझाएको हो । निर्माण कम्पनीका तर्फबाट गणेश मल्लले उपाध्यक्ष थापालाई चाबी बुझाएर अस्पताल भवन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा गौमुल गाउँपालिका–१ का वडा अध्यक्ष देवेन्द्र बहादुर रोकाया, २ नम्बर वडा अध्यक्ष देव बहादुर रोकाया र ६ नम्बर वडा अध्यक्ष प्रकाश रोकाया लगायतको सहभागीता थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, इन्जिनियर धर्म खडायत, स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विक, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

स्वास्थ्य सुविधाबाट पछाडी परेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि एक स्थानीय  तहमा एक अस्पताल निर्माण गर्ने योजना संघीय सरकारले अघि सारेको हो ।

तत्कालिन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा संघीय सरकारले ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल बनाउने गरी घोषणा गरेको थियो । सरकारले जनसंख्या र भूगोललाई आधार बनाएर स्वास्थ्य क्षेत्रको विकासमा बजेट छुट्याएर अस्पताल भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया