गाैमुल खबर डटकम बुधबार २३, माघ २०८१ ०८:२९

गाैमुलमा एक बालिका लडेर गम्भीर घाइते, आर्थिक अभावका कारण उपचारमा समस्या

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष २७, २०८१
गाैमुलमा एक बालिका लडेर गम्भीर घाइते, आर्थिक अभावका कारण उपचारमा समस्या

बाजुरा ः गौमुल गाउँपालिका–५ कोटमा एक बालिका भीरबाट लडेर गम्भीर घाइते भएकी छन् । स्थानीय रन रोकायाकी १६ वर्षीया छोरी विष्णुमाया रोकाया कैलाश आधारभूत विद्यालय नजिकैको भीरबाट शनिबार बिहान ८ बजेतिर लडेकी हुन् ।

करिब १ सय ५० मिटर तल धानखोला भन्ने ठाउँमा रोकाया लडेकी हुन् । मानाकोट मावि कक्षा–७ मा अध्ययन रहेकी बालिका दाउँरा लिन जंगल जाने क्रममा चिप्लिएर भीरबाट खसेको स्थानीय सर्मिला बुढाले बताएकी छन् ।

वडामा रहेको नक्राडा आधारभूत अस्पतालमा उपचार सम्भव नभएपछि गाउँपालिकाको केन्द्रमा रहेको घट्मुना आधारभूत अस्पतालमा आफन्तले ल्याएका थिए ।

केही उपचार गरिएको भएपनि टाउँकोमा गम्भीर चोट लागेको, कान, नाकबाट रगत बगिरहेको र निरन्तर वान्ता भएका कारण थप सीटी स्क्यानका लागि धनगढी रिफर गरिएको डाक्टर कुश नेपाली बताएका छन् ।

आफुहरुले औषधी उपचार गरेको तर उपचार सम्भव नभएका कारण तत्काल रिफर गरिएको डाक्टर नेपालीको भनाई रहेको छ ।

यता बालिकाका आफन्तको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा लिन समस्या भईरहेको छ ।
 

प्रतिक्रिया