गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ १०:५०

जीपको ठक्करबाट वृद्धाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष २६, २०८१
जीपको ठक्करबाट वृद्धाको मृत्यु

बाजुरा ःजिल्लामा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका-१० घर भई हाल वडा नम्बर-९ बस्ने अन्दाजी ६० वर्षीया रुपसिला धामी रहेकी छन् ।

शुक्रबार दिउँसो सरमुकाम मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको जीपले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

कैलालीको चुरे गाउँपालिका–६ घर भएका लोकेन्द्र साउँदले चलाएको जीपले सोही ठाउँमा पसलमा सामान झार्ने क्रममा जीप ब्याग गर्ने क्रममा धामी सडकमा हिडिरहेको अवस्थामा ठक्कर दिएको हो । 

मृतक महिलाको शव पोष्टमार्टमका लागि कोल्टी अस्पताल लिईएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया