बाजुरा ः नेकपा (एमाले) का संगठित सदस्य गौमुल गाउँपालिका–६ सटेडा निवासी बिरु रोकायाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका सचिवालय सदस्य समेत रहेकी गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा र वडा अध्यक्ष प्रकाश रोकायाले घट्मुना संगम स्थलमा पुगेर रोकायाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार निधन भएका रोकायाको अन्तिम श्रद्धाञ्जली दिदैं थापाले सिंगो पार्टी र वडाका लागि अपूरणीय क्षति पुगेको बताएकी छन् ।
पार्टी र समाजको काममा क्रियाशील हुने व्यक्ति गुमाउँदा परिवारका लागि मात्र नभई आफुहरुका लागि ठुला नोक्सानी पुगेको उल्लेख गरेकी छन् ।
श्रद्धाञ्जली दिदैं वडा अध्यक्ष प्रकाश रोकायाले समाज र पार्टीका काममा अग्र भागमा खटिने व्यक्ति गुम्नु वडाकै लागि दुर्भाग्य भएको बताएका छन् ।
श्रीमति एक छोरा एक छोरी रहेका रोकायाको ४७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आफन्त र शुभचिन्तक आर्यघाट घट्मुना संगम नदीमा पुगेका थिए । रोकायाको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार गरिएको छ ।
प्रतिक्रिया