गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०२:३९

कीर्तिचौर माविको ४९ औं वार्षिकोत्सव सम्पन्न

प्रमित वि.क. प्रमित वि.क.
बिहीबार, पुष ११, २०८१
कीर्तिचौर माविको ४९ औं वार्षिकोत्सव सम्पन्न

बाजुरा : गौमुल गाउँपालिका ४ कालादहमा रहेको कीर्तिचौर माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । अभिभावक, शिक्षक एवं विद्यार्थीको सक्रियता, शैक्षिक गुणस्तर अभिवृद्धिमा सुनिश्चिता भन्ने मूल नारासहित विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयले वर्षभरी गरेका गतिविधी र आर्थिक आय व्ययको प्रतिवेदन प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को आम्दानी, खर्च, मौजाद विवरण र भावी योजना तथा चुनौतीसहितको प्रतिवेदन विद्यालयका प्रधनाध्यापक खडक बहादुर शाहले सार्वजनिक गरेका थिए ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानाध्यापक शाहले शैक्षिक गुणस्तर सुधारन्मुख रुपमा अगाडी बढिरहेको अनुभूति भएको बताउँदै त्यसबीचमा धेरै चुनौती रहेको बताएका छन् । सेवा सुविधाको कमीले योग्य र दक्ष शिक्षकहरु समयमै उपलब्ध गर्न नसक्नु, अभिभावकहरु विद्यालयको निरीक्षण नगर्नु, बालबालिकाको पठपाठनप्रति चासो नदेखाउँनु प्रमुख चुनौतीका रुपमा लिएको बताएका छन् । 

त्यस्तै कीर्तिचौर माविलाई जिल्लाकै नमुना शैक्षिक ह्वबका रुपमा विकास गर्ने, गुणस्तर सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका थुप्रै योजनाहरु शैक्षिक सत्रको कार्य नीतहरुमा राखिएको प्रअ शाहले बताए । वार्षिकोत्सव कार्यक्रममा अन्तर सदनात्मक नृत्य, विद्यार्थी तथा शिक्षकहरुको नृत्य प्रस्तुत गरिएको थियो । सदनात्मक नृत्यको मुल्याङ्कन गरी प्रथम, द्धितीय, तृतीय स्थान प्राप्त गर्ने सदनका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नं.३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, ६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया, नेकपा एमाले जिल्ला कमिटी सदस्य गिता रोकाया, गाउँ कमिटी अध्यक्ष मोहन रोकायाले विद्यालयले प्रत्येक वर्ष नयाँ, फरक तथा सकारात्म सन्देशसहित वार्षिकोत्सव मानाउँदै आएकोमा खुशी व्यक्त गर्दै बालबालिकाको पढाईमा अभिभावक चुकेका बताएका छन् । 

बालबालिकाको पहिलो पाठशाला अभिभावक भएपनि जिम्मेवार भूमिक निर्वाह गर्न नसेकोमा चिन्ता गरे । छोरा छोरीको उज्जवल भविष्यका लागि अहिलेबाटै अभिभावकले सोच्नुपर्ने भन्दै घरमा पढ्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिंह रहनुभएको थियो । 

त्यस्तै विशिष्ट अतिथिमा वडा नं.३ का वडाध्यक्ष गोरख बोहरा, वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया, नेकपा एमाले जिल्ला कमिटी सदस्य गिता रोकाया, गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायत रहनुभएको थियो । शिक्षक रोहित थापाले सञ्चालन गरेको कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको बाक्लो सहभागिता रहेको थियो । 

प्रतिक्रिया