गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०२:३५

कीर्तिचौर माविको ४९ औं वार्षिक उत्सव आज

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष ११, २०८१
कीर्तिचौर माविको ४९ औं वार्षिक उत्सव आज

बाजुरा : गौमुल गाउँपालिका–४ मा रहेको कीर्तिचौर माध्यामिक विद्यालयको ४९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस आज हुने भएको छ ।

दिवसमा वार्षिक आयव्यय र अनुमानित आयव्यय प्रस्तुत, विद्यार्थीबीच डेउडा, सदनात्मक साँस्कृतिक कार्यक्रम गर्ने गरी तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंवम् वडा अध्यक्ष अमर विकले बताएका छन् ।

उत्सवमा अभिभावकसंग शैक्षिक गुणस्तर सुधारका विषयमा अन्र्तक्रिया, परीक्षाफलको समीक्षा एवंम् पुरस्कार वितरण, अभिभावक सम्मान कार्यक्रम, शिक्षक र महिला शिक्षकको नृत्य कार्यक्रम समेत रहेको प्रधानाध्यापक खडक बहादुर शाहले बताएका छन् ।

साथै अभिभावकसंग शैक्षिक गुणस्तर सुधारका विषयमा अन्र्तक्रिया र अभिभावक शिक्षक र विद्यार्थीबीच बृहत् डेउडा प्रतियोगीता समेत सञ्चालन हुने गरी तयारी तीव्र पारिएको छ ।

कार्यक्रममा अन्य विविध गतिविधिका साथ दिवस मनाउने गरी विद्यालयले आयोजना गरेको छ । कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णलाई आग्रह गरिएको छ । 

प्रतिक्रिया