गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३७

गौमुलका दुर्गम गाउँ झलमल्ल, रक्षा सचिव दंगालद्धारा विद्युतको निरीक्षण

पुल उद्घाटन, शैक्षिक र विकास बहससहित योजना अनुगमन
प्रमित वि.क. प्रमित वि.क.
मङ्गलबार, पुष ०९, २०८१
गौमुलका दुर्गम गाउँ झलमल्ल, रक्षा सचिव दंगालद्धारा विद्युतको निरीक्षण

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ३ दिन र पालिकाको केन्द्र घट्मुनाबाट २ दिन पैदल यात्रापछि मात्र पुगिने गौमुल गाउँपालिका १ को अन्द्राडी गाउँ जहाँ हिमाली भेगमा अवस्थित छ । हिमालै हिमालको छेउँमै रहेको उक्त गाउँमा ५० परिवारको बसोबास छ ।

अन्द्राडीकी साउँनी देवी बोहरालाई पहिला पहिला यति दुर्गम ठाउँमा विकासले छोएला त ? भन्ने मनमा लाग्थ्यो । तर स्थानीय सरकार निर्माणपछि विकासले फट्को मार्दै गएपछि साउनीको मनबाट त्या कुरा भने हटेको छ ।

गाउँमा विजुली बलेपछि उनी झनै खुशी छन् । उनी मात्र होइन् विद्युतले गाउँ नै झलमल्ल भएपछि त्यहाँका स्थानीय बासन्दा निकै हर्षित छन् । विजुली बलेपछि झरो, सुकेको निगाला (लोस्टा) टुक्की, लाल्टीन बालेर बस्नुपर्ने बाध्यता हटेको स्थानीय चक्र बहादुर रोकायाले बताएका छन् । 

अन्द्राडी गाउँ नजिकै अन्द्राडी लद्यु जलविद्युतको पावर हाउँस रहेको छ । उक्त विद्युत गाउँपालिकाको समन्वयमा कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन संस्थाले निर्माण गरेको हो । संस्थाको ८ करोड ८५ लाख लागत र ३२ लाख स्थानीयको श्रमदानमा निर्माण गरिएको विद्युत २०७८ असार १ गतेबाट सञ्चालनमा ल्याईएको थियो । 

सम्भवंत बाजुरा जिल्लाकै दिगोसहित नमुना संरचना निर्मित १ सय किलोवाट उत्पादित विद्युत हाल २२ किलोवाट विद्युत मात्र खपत भईरहेको छ । अन्द्राडी लद्यु जलविद्युतबाट अहिले वडा नं.१ को अम्लिस, वडा नं.२ को मल्लोदुगुमका झण्डै ४ सय ८८ घरपरिवार लाभान्वित भएका छन् । 

विद्युतको विहीबार सरकारका रक्षा सचिव रामेश्वर दंगाल, सहसचिव ज्ञानप्रसाद ढाकाल, रक्षा सहचारी कमाण्डर डयान रेक्स, कादुरी एग्रिकल्चरका टेक्निकल डाईरेक्टर डा.नारायण गुरुङ्ग, कर्नेल एन्ड्रियू मिल्सले संयुक्त रुपमा निरीक्षण गरेको छ । विद्युत संरचना निर्माणको अवस्था, उपभोग गरिरहेका स्थानीयसंग भेटघाट गर्न हेलिकप्टर मार्फत पुगेको रक्षा सचिव दंगालको टोलीलाई एक औपचारिक कार्यक्रमकाबीच अन्द्राडी र अम्लिसका बासिन्दाले भव्य स्वागत गरेका थिए ।

निरीक्षणका क्रममा सचिव दंगालले नेपाल सरकारको स्रोत साधनले नभ्याईने दुर्गमका बासिन्दालाई उज्यालो छरेकोमा कादुरी संस्थालाई धन्यवाद दिए । कतिपय योजनाहरु नीति, नियम, ऐन र कानुनको पालन गर्दा गर्दै अलपत्र अवस्थामा रहेका स्मरण गर्दै संस्थाले छिटोसंगै नमुना तथा दिगो संरचना निर्माण गर्दै आएकोप्रति खुशी व्यक्त गरे । 

सचिव दंगालले संस्थाले विकास निर्माणका कामहरु कसरी गर्नुपर्दछ, जनता कसरी परिचालित गर्नुपर्छ भन्ने अनुभूति नागरिकलाई गराएको बताउँदै संघीय, प्रदेश र स्थानीय तहका सञ्चालित आयोजनाहरु कार्यान्वयन गर्न पनि यस्तै खालको तदारुकता देखाउन आग्रह गरेका छन् । सरकारको तर्फबाट विकट गाउँको विकासका लागि बढी दृष्किोण हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए । 

उनले आयोजनाले थप आर्यआर्जन गर्ने अवसर दिने भएकोले बत्तीको रुपमा मात्रै प्रयोग नगरी विद्युतलाई आर्थिक विकासमा जोड दिने खालका गतिविधी अगाडी बढाउन सुझाव दिएका छन् ।

त्यस्तै रक्षा सहजारी कमाण्डर बृटिस गोखार्ज नेपाल तथा डाईरेक्टर गोर्खा वेल्फेर ट्रष्ट कर्नेल डयान रेक्सले अन्द्राडीका बासिन्दा मेहनती र अनुशासित रहेको बताएका छन् । उनले विद्युत संरचनाको संरक्षण गर्नुको साथै बढी भन्दा बढी उपयोग गर्न अनुरोध गरे ।

त्यसैगरी गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले विकट गाउँ बस्तीमा कादुरी संस्थाले गरेका विकास निर्माणका कार्यहरु प्रशंसायोग्य रहेका बताउँदै संरचनाहरु कति दिगो बनाउँनु पर्छ भन्ने कुरा संस्थाको कामबाट सिक्ने अवसर प्राप्त भएको बताए । 

विद्युत निर्माणमा अन्द्राडी र अम्लिसका बासिन्दाले इमान्दारिता र लगनशिलका साथ काम पूरा गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । स्थानीयले निरीक्षणका लागि पुगेको पाहुनाहरुको टोलीलाई स्थानीय बाजागाजा सहीतले स्वागत गरिएको थियो । उक्त टोलीलाई भेडाको ऊनबाट बनाईएका कपडा (लिउँ) स्थानीय उत्पादन स्वरुप नासोको रुपमा दिईएको थियो । 
मल्लोदुगुनमा झोलुङ्गे पुल उद्घाटन 

गौमुल गाउँपालिका २ मल्लोदुगुनमा एकै दिन २ वटा झोलुङ्गे पुल उद्घाट गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन  ब्रिटिस गोखार्ज नेपालद्धारा निर्मित झोलुङ्गे पुलको उद्घाटन रक्षा सचिव रामेश्वर दंगालले गरेका हुन् ।

मल्लोदुगुनस्थि दोगाडे झोलुङ्ग पुल र नाउलीगाड झोलुङ्गे पुलको एक साथ उद्घाटन गरिएको हो । दोगाडे बुढीगंगा झोलुङ्गे पुल १ करोड १७ लाख र नाउलीगाड झोलुङ्गे पुल ७० लाख बराबरको संस्थाको लागत र केही स्थानीयको श्रमदानमा निमार्ण गरिएका हो ।

झोलुङ्गे पुलले मल्लोदुगुन, अन्द्राडी, पैदाली, अजेटोट्की लगायतका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । भने पुल निर्माणले फूलपाट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ठुलो राहत पुगेको स्थानीयले बताएका छन् । 

खोला तर्ने र लामो बाटो हुँदै ओहोरदोहर गर्नुपर्ने बाध्यता त्यहाँका स्थानीयको हटेको छ । उद्घाटन कार्यक्रममा सहसचिव ज्ञानप्रसाद ढाकाल, रक्षा सहचारी कमाण्डर डयान रेक्स, कादुरी एग्रिकल्चरका टेक्निकल डाईरेक्टर डा.नारायण गुरुङ्ग, कर्नेल एन्ड्रियू मिल्सको पनि उपस्थित रहेको थियो । 

पुल उद्घाटन कार्यक्रममा गौमुल गाउँपालिका २ का वडाध्यक्ष देवबहादुर रोकायाले जोखिम मोलेर हिडडुल गर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यतालाई पुल निर्माण गरी अन्त्य गरिदिएकोमा कादुरी संस्थालाई धन्यवाद दिएका छन् ।
 गाउँपालिकाका योजना अनुगमन तथा निरीक्षण

गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले गाउँपालिकाका योजना अनुगमन तथा निरीक्षण गरेका छन् । गाउँपालिकाबाट खटिएको कर्मचारीसहितको सिङ्गो टोलीले वडा नं.१ देखि २ सम्मका विभिन्न योजनाको स्थालगत अनुगमन गरेको हो । 

अध्यक्ष रोकायाले २ नम्बर वडालाई सडक पहुँचमा जोड्न सडक निर्माण कार्य अगाडी बढाउँने भएकाले त्यस भन्दाअघि सडक निर्माणले निम्तिले समस्या र जोखिम बस्तीलाई मध्येनजर गर्दै स्थानीयसंग छलफल गरिएको थियो ।

सबै वस्तुस्थिति बुझेर मात्रै सडक निर्माण गरिने लक्ष्य रहेका उनले बताएका छन् । १ नम्वर वडा कार्यालयलाई जोड्ने सडक दुर्गालीका बस्ती हुँदै जाने भएकाले त्यहाँका बासिन्दासंग समेत छलफल गरेको थियो । बस्तीलाई कुनै असर नपर्ने तरीकाले सडक निर्माण गरिने उनले बताएका छन् । विकाससंगै विनाश समेत निम्तिने भएकाले यसमा सबैले समझदारी हुनुपर्ने अध्यक्ष रोकायाले बताएका छन् ।
शिक्षक, अभिभावक र विद्यार्थीबीच शैक्षिक बहस 
शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक बहस सञ्चालन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले गाउँपालिका भित्रका प्रत्येक विद्यालय पुगेर शिक्षक अभिभावक र विद्यार्थीसंग छलफल गरेको हो ।

वडा नं.१ के अम्लिस मावि, वडा नं.२ मा रहेको फूलपाटमा मावि, वडा नं.५ को मानाकोट मावि लगायतका विद्यालयमा पुगेर भौतिक संरचनादेखि विद्यालयको पठनपाठनका गतिविधिहरुको बारेमा जानकारी लिएका हुन् ।

विद्यालयको छड्के अनुगमन गर्दै अध्यक्ष रोकायाले कक्षा–८ र कक्षा–१० का विद्यार्थीलाई कक्षा कोठामै गएर उनीहरुका लक्ष्य, उद्देश्य र योजनाहरुको बारेमा बुझेका थिए । जस क्रममा अध्ययनरत प्रत्येक विद्यार्थीले आआफ्नो लक्ष्यहरु सुनाएका थिए । 

मेहनतका साथ अध्ययन गरे असम्भव भन्ने कुरा केही पनि नहुने बताउँदै भविष्यको बाटाहरु आजनै निर्धारण गर्न आग्रह गरेका छन् । उद्देश्य सहीत अगाडी बढ्ने हो भने सरल ढंगले पूरा हुने र आफू, परिवारलाई खुशी राख्न र समाजलाई न्याय दिन सक्छु भन्ने कुरा सोच्न जरुरी रहेको बताएका छन् । 

उमेर नपुगी विवाह गर्ने, चोरी डकैती र अनैतिक क्रियाकलाप जस्ता नकरात्मक कार्यमा संलग्न भए भविष्य अन्धकार दिशा तर्फ जान भएकाले भविष्य उज्जवल बनाउँन सकारात्मक कार्य गर्न सुझाएका थिए । लाजले आफूसंग भएको क्षमता हराउँदै जाने भएकाले सकारात्मक काम गर्न लाज नमान्न समेत अध्ययनरत विद्यार्थीलाई आग्रह गरेका थिए ।

त्यस्तै विद्यालय प्रशासनलाई अबको विश्व सुवाउँदै प्रविधिबाट शिक्षण गराउँन सक्रिय हुनुपर्ने बताउँदै कक्षा–१ देखि नै अग्रेजी माध्यमबाट पढाई सुरुवात गर्न आग्रह गरेका छन् । भने अभिभिावकलाई बालबालिकाको भविष्य उज्जवल बनाउँन कक्षा १२ मा होइन्, कक्षा १ देखि नै लगानी लगाउन र बुद्धिको विकास हुने, क्षमता बढ्ने बेला छोरा छोरीको राम्रो हेरचाह गर्न आवश्यक रहेको उनको भनाइ छ ।

त्यसैबीच सोही क्रममा गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य संस्थाहरुको समेत अनुगमन गरेको छ । वडा नं.१ को अम्लिस स्वास्थ्य केन्द्र, अन्द्राडी स्वास्थ्य इकाई, वडा नं.२ मा रहेको तल्लोदुगुन स्वास्थ्य संस्था, मल्लोदुगुन स्वास्थ्य संस्था, वडा नं.३ को माझपाली स्वास्थ्य संस्था, वडा नं.५ को नकराडा स्वास्थ्य संस्था, वडा नं.४ को मानाकोट स्वास्थ्य संस्थामा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा उनले भने अधिकांस स्वास्थ्य संस्थामा निर्माण गरिएका कतिपय भवनको मर्मत गर्नुपर्ने तथा थप कोठाहरुको आवश्यकता रहेको देखिएको छ । नागरिकललाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्न आफूहरु प्रतिवद्ध रहेको र स्वास्थ्य संस्थाका समस्याहरु क्रःमस हल गर्दै जाने बताएका छन् ।    

प्रतिक्रिया