बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बालबालिकाको क्षेत्रमा लगानी बढाउँनुपर्नेमा जोड दिएका छन् । साेमबार वडा नं.४ ले सञ्चालन गरेको प्रगति समीक्षा कार्यक्रममा उन्नत भविष्यका लागि बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनले जोड दिए ।
गाउँपालिकाकाले हालसम्म गरिरहेका गतिविधीको जानकारीसहित जनता भेटघाट तथा सरकारप्रति जिज्ञासा, सुझाव, सल्लाह र थप नागरिकका आधारभूत आवश्यकता पहिचना तथा संकलनका लागि पुगेका अध्यक्ष रोकायाले भौतिक संरचना निर्माण गर्ने जिम्मेवारी सरकारको भएकाले त्यतातिर ध्यान नदिएर आफ्नो जीवनशैली परिवर्तनमा ध्यान दिन आग्रह गरेका छन् ।
बालबालिकामाथि नियन्त्र नभई अभिभावकले निगरानी गर्नुपर्ने र पढ्ने बानीको विकास गर्नुपर्ने बताए । बालबालिकामा ठिक उल्टो तरिकाले लगानी लगाउँने प्रवृत्ति समाजमा रही आएकाले ठुलोमा नभएर सानोदेखि नै लगानी लगाई जिम्मेवार अभिभावको भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।
बालबालिकाको भविष्य उज्जवल बनाउँन कक्षा १२ मा होइन्, कक्षा १ देखि नै लगानी लगाए, लगानी विना नै उच्च शिक्षा अध्ययन गर्न सक्ने क्षमताको विकाससंगै देखेका सपनाहरु भविष्यमा पूरा हुने बताए । बुद्धिको विकास हुने, क्षमता बढ्ने बेला छोराछोरीको राम्रो हेरचाह गर्न आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै मानवीय विकासमा पनि हरेक व्यक्तिले जोड दिनुपर्ने बताएका छन् । विकास भनेको भौतिक संरचना बन्नु मात्र होइन्, चेतना, सोच, व्यवहार र अभ्यासमा आउँने सकारात्मक परिवर्तन अपरिहार्य रहेको बताए । मानवीय विकासले दिगो व्यवस्थापन र समाजलाई सकारात्मक परिवर्तन गर्न उत्प्रेरित गर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
गाउँपालिकामा साक्षरता संख्या सत प्रतिशत भएपनि राम्रो अध्ययन गर्नेको संख्या हेर्दा दयनी अवस्था रहेकाले सुधार उन्मुख हुन सोच्नुपर्ने अध्यक्ष रोकायाले बताएका छन् । समीक्षा कार्यक्रममा स्थानीय बासिन्दाले स्वास्थ्य, सडक, खानेपानी, विजुली, ढल, सिचाई, भवन निर्माणदेखि विद्यालयका भौतिक संरचना मर्मत तथा निर्माण गर्नुपर्ने जिज्ञासा राखेका थिए ।
जवाफमा अध्यक्ष रोकायाले विकास निर्माणका कार्यहरु निरन्तर भईरहेका बताएका छन् । बाकी रहेका जनताका आधारभूत आवश्यकता क्रमःस पूरा गर्ने लक्ष्य रहेको बताउँदै खानेपानी निर्माण तथा मर्मत, विद्यालयका दिवा खाजा भवन, नहरहरु विभिन्न संस्थाहरुसंग साँझेदारी गरी निर्माण कार्यलाई अगाडी बढाउने बताएका छन् ।
सडक घट्मुनादेखि वडा कार्यालयसम्म पुगाईसकेको बताउँदै अब २ वटा वडालाई सडक पहुँमा जोड्ने वित्तिकै टोल सडक विस्तारलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष रोकायाले पदमा हुँदा वा नहुँदा सधै सामाजिक कार्यमा जनतासंग नजिक भएर काम गर्ने समेत बताएका छन् ।
प्रतिक्रिया