गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ १०:४९

जब नगर प्रमुख बोहरा नै मार्तडी-कोल्टी सडकमा पर्ने घर हटाउन उपस्थित भए....

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष ०८, २०८१
जब नगर प्रमुख बोहरा नै मार्तडी-कोल्टी सडकमा पर्ने घर हटाउन उपस्थित भए....

बाजुरा : बाजुराको मार्तडी-कोल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी-कोल्टी सडक खण्ड अन्तर्गत बुढीनन्दा नगरपालिका वडा नम्बर-१० को पाण्डुसैन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएको हो ।

आईतबार बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको नेतृत्वमा सडक निर्माण कम्पनी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाह, वडा नम्बर ८ र १० का वडा अध्यक्ष र घरधनीहरूको उपस्थितिमा सडक क्षेत्रमा पर्ने घरहरू भत्काउने काम सुरू गरिएको नगर प्रमुखका स्वकीय सचिव केशर बोहराले जानकारी दिएका छन् ।

मार्तडी-कोल्टी सडकलाई फराकिलो र दिगो बनाउने गरी वडा नम्बर १० को पाण्डुसैन बजारको सडक क्षेत्रका घरधनीहरूले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा सहयोग गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

मार्तडी-कोल्टी सडक खण्ड अन्तर्गत अहिले पाण्डुसैन क्षेत्रको सडकमा डबल कटिङ गर्ने काम भईरहेको छ । मार्तडी देखि कोल्टीसम्मको ४२ किलोमिटर सडक मध्ये मार्तडीदेखि चुथीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ । मार्तडी–कोल्टी सडक खण्डको शिलान्यास गरिएको २६ वर्ष पूरा भएपनि अझैसम्म सम्म पुरै पक्की सडक बन्न सकिरहेको छैन् ।

May be an image of 8 people and mountain


 

प्रतिक्रिया