गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:४०

बडीमालिका-९ एमाले वडा कमिटीको अध्यक्षमा उपाध्याय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष ०६, २०८१
बडीमालिका-९ एमाले वडा कमिटीको अध्यक्षमा उपाध्याय

बाजुरा : नेकपा (एमाले) बडीमालिका नगरपालिका-९ को वडा कमिटीको अध्यक्षमा भोरजराज उपाध्याय निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न भएको वडा कमिटीको तेस्रो वडा अधिवेशनबाट उपाध्याय निर्विरोध रुपमा अध्यक्षमा चयन भएका हुन् ।

यस अघि दोस्रो अधिवेशनबाट उपाध्यक्ष बनेका उपाध्याय तेस्रो अधिवेशनमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा धनसरा विष्ट, सचिव दिनेश चदाँरा, सहसचिव सुमन विक, सहसचिव पार्वती नेपाली रहेका छन् ।

कमिटीको सदस्यहरुमका सीता खड्का, विष्णुमाया बडुवाल, अमृता चदाँरा, सुरेन्द्र सार्की, वसन्त विक, हिमाल नेपाली, कविता उखेडा, जमुना विक, गगने सनाई लगायत २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

वडा कमिटीको कार्यबाहक वडा अध्यक्ष भोजराज उपाध्यायको अध्यक्षतामा भएको तेस्रो वडा अधिवेशनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले उद्घाटन सहित सम्बोधन गरेका हुन् ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य सरिता नेपाली, माया खड्का, नगर कमिटीका राजेश पायल विक, वडा अध्यक्ष सूर्र्यकिरण विक लगायत एमालेमा आस्थावान पार्टीका नेता कर्ताहरुको सहभागीता थियो ।

प्रतिक्रिया