बाजुरा : जलवायु परिवर्तन अनुकूलन परियोजनाले गौमुल गाउँपालिकामा सम्भाव्यता अध्ययन गरेको छ । पालिकामा कार्यक्रम सञ्चालन पूर्व समग्र अवस्था बारे बुझेको छ ।
शनिबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया सहित वडा अध्यक्षसंग समग्र पालिकाको वस्तुस्थिति बारे जानकारी लिएको प्रवक्ता देव बहादुर रोकायाले बताएका छन् ।
गाउँपालिकामा कार्यक्रम लागू हुनुपूर्व कार्यक्रमका बारे जानकारी र समग्र अवस्था बारे जलवायु परिवर्तन अनुकूलन परियोजनाको टिम नै पुगेर जानकारी लिएको हो ।
जलवायु परिवर्तन स्थानीय अनूकुलनका डिपोटिट टिम लिडर मीन बस्नेत सहितको टिम अवस्था अध्ययन गर्न गाउँपालिका पुगेको हो ।
यसअघि वडा नम्बर–४ को बीरा र खडीखेत टोलको लामाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तासंग छलफल गरिएको हो ।
आगामी योजना र सम्भावनाका विषयमा छलफल गरिएको वडा अध्यक्ष अमर विकले बताएका छन् । नयाँ परियोजना सञ्चालनका लागि समुदाय तथा वडाका पदाधिकारीसंग छलफल गरिएको थियो ।
प्रतिक्रिया