गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०२:५१

गौमुल गाउँपालिकाका अध्यक्ष जनताका गुनासा सुन्दै गाउँमा

बाजुरा
रमित वि.क.
मङ्गलबार, पुष ०२, २०८१
गौमुल गाउँपालिकाका अध्यक्ष जनताका गुनासा सुन्दै गाउँमा

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया जनताका गुनासा सुन्न र समस्या बुझ्न प्रत्येक वडाका गाउँ केन्द्रीत भएका हुन् । सरकारले गरेका काम कारबाही र जनताका अभिलाषा सुन्नका लागि अध्यक्ष रोकाया लामो समयपछि गाउँ केन्द्रीत बनेका छन् ।

सरकारले हालसम्म सम्पादन गरेका क्रियाकलाप र आगामी दिनमा गर्नुपर्ने क्रियाकलाप सहितको सुझाव संकलन गर्न टोली वडा पुगेको हो । गाउँपालिकाले प्रत्येक वर्ष जनताका गुनासा सुन्न जनता सँग जनप्रतिनिधि अभियान सञ्चालन गर्ने गरेको छ ।

मंगलबार २ नम्बर वडाको तल्लोदुगुन र मल्लोदुगुनका जनतासंग भेटघाट र छलफल सहित गुनासा र समस्या बुझेका हुन्। जनप्रतिनिधिहरुले जनताको वास्तविक आवश्यकतालाई ध्यानमा राखी जनता सँगको सहकार्यमा काम गर्न सके विकास निमार्णले गति लिने अपेक्षा स्थानीय सरकारको रहेको छ ।

जनतासंग जनप्रतिनिधि पुगेमा जनता सँगको सम्बन्ध नजिक हुनुका साथै स्थानीय सरकार जनताप्रति उत्तरदायी, जवाफदेही, पारदर्शी हुने विश्वास गरिएको छ ।

जनताको माझमा गएर निर्वाचनको समयमा कुनै दलबाट टिकट लिई निर्वाचित भएको भए पनि अब साझा व्यक्तिको रूपमा बुझी समान रूपमा आम नागरिकका समस्या समाधान गर्न सरकार तल्लीन रहेको छ ।

गाउँ बस्ती स्तरमा बसेका जनताका वास्तविक सवालहरू पहिचान गर्न सहजता होस भन्ने हेतुले जनता सँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरिएको छ । जनप्रतिनिधि जनताका घरदैलोमा जाँदा जनताका वास्तविक समस्या र सवालहरू आफै देखिने भएकोले कार्यक्रम प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

पालिकाले जनताको लागि काम गर्ने त्यसैले यसरी जनप्रतिनिधि सहितको टोली गाउँ गाउँमा जाँदा वास्तविक सवालहरू पहिचान हुनुका साथै पालिकाको दिगो विकासमा सहयोग पुग्ने अध्यक्ष रोकायाको भनाई रहेको छ । गाउँपालिकाका ६ वटै वडामा अध्यक्ष रोकाया पुग्ने कार्यक्रम रहेको छ ।

जनताका वास्तविक समस्या समाधान गर्न सहज हुनुका साथै जनता र जनप्रतिनिधिको सम्बन्ध प्रगाढ हुने राजनीतिक दलहरूले बताएका छन् । पालिकाको समग्र टिम सहित जनताका घरदैलोमा गई सुझावहरू, गुनासा जनताका मागहरू संकलन गर्ने कार्य गरिने भएको छ ।

प्रतिक्रिया