गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:२३

नागरिकका गुनासा सुन्न र समस्या बुझ्न अध्यक्ष रोकाया गाउँमा

अलपत्र ६ बालबालिकाकाे उद्धार गरिने
प्रमित वि.क. प्रमित वि.क.
सोमबार, पुष ०१, २०८१
नागरिकका गुनासा सुन्न र समस्या बुझ्न अध्यक्ष रोकाया गाउँमा

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया नागरिकका गुनासा सुन्न र समस्या बुझ्न गाउँ केन्द्रीत भएका छन् । स्थानीय सरकारले गरेका हरेक गतिविधीको प्रभावकारीता र थप जनताका समस्या बुझ्न अध्यक्ष गाउँ गएका हुन् ।

प्रत्यक्ष नागरिकसंग भेटघाट गरी संयुक्त छलफलसहित सुझाव तथा समस्याहरु संकलन गरिने कार्यक्रम रहेको गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् । भेटघाट कार्यक्रममा स्थानीय सरकारले हालसम्म गरेका हरेक कामको बारेमा जानकारी समेत गर्ने गरिएको उनले बताए । 

आपसी सद्भाव कायम राख्न र विकास निर्माणका काम प्रभावकारी सुशासनयुक्त बनाउँने उद्देश्यले गाउँमा जनता समक्ष पुग्ने कार्यक्रम आरम्भ गरिएको उनको भनाइ छ । गाउँपालिकाले अहिलेसम्म गरेका कामप्रति जनताको विचार, जिज्ञासा सुन्ने र समस्या संकलन गर्ने गरिएको उनले बताए ।

अध्यक्ष रोकायाले आइतबार वडा नं.३ का जनतासंग भेटघाट गरेको वडाध्यक्ष गोरख बहादुर बोहराले जानकारी दिएका छन् । वडाका नागरिकसंग विभिन्न विकास निर्माणको सन्दर्भमा समसामुहिक छलफल र वडा कार्यालयस्थित माझपालीमा रहेको बालविकास माविमा अनुगमन गरिएको उनले बताए छ ।  

शैक्षिक गुणस्तर सुधार गर्न सबैले जिम्मेवारी हुनुपर्ने भन्दै शैक्षिक सत्रबाट कक्षा १ देखि अग्रेजी माध्यमबाट पढाई सुरुवात गर्नुपर्ने बताएका छन् । भेटघाट कार्यक्रममा अध्यक्ष रोकायाले नागरिकका आधारभूत आवश्यकतालाई परिपुर्ति गर्न आफूहरु अहोरत्र लागिरहेका बताएका छन् ।

पालिका प्रत्येक वडा तथा गाउँलाई सडक पहुँचमा जोड्न सडक निर्माण कार्य तीब्र गतिमा भईरहेका बताउँदै अब शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा नागरिकको पहुँच बढाउँने उद्देश्य रहेको उनले बताए । 

त्यसैगरी शनिबार अध्यक्ष रोकायाले गौमुल गाउँपालिका १ दुर्गालीमा अलपत्र परेका ६ जना बालबालिकासंग भेटघाट समेत गर्नुभएको छ । अलपत्र अवस्थामा रहेका उनीहरुलाई पालिकाको समन्वयमा विवेक स्वच्छ सेवा केन्द्र बवरमहल काठमाण्डौ पठाउँनका लागि पत्रकार गगन अयडीसंग सहमती भएको छ ।

प्रतिक्रिया