बाजुरा : गौमुल गाउँपालिकामा आगामी मंसिर २३ गतेबाट नेपाल सरकारबाट अनुदान प्राप्त भानु नुन वितरण गरिने भएको छ ।
आज गाउँपालिकामा उपाध्यक्ष सीता थापा सहित वडा अध्यक्षहरुले छलफल गरी मंसिर २३ गतेबाट वडाहरुमा वितरण गर्ने गरी निर्णय गरिएको छ ।
प्रत्येक वडामा फरक मिति र समयमा भानु नुन प्रत्येक वडामा वितरण गर्ने गरी तयारी गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
जनताहरुको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाले प्रत्येक वडा कार्यालय वा पायकपर्ने स्थानमा नुन विरतण गर्ने थापाले बताएकी छन् ।
पहिलो दिन मंसिर २३ गते वडा नम्बर–६ लाई केन्द्रीत गरेर वडाको केन्द्र घट्मुनामा, मंसिर २४ गते वडा नम्बर–३ को केन्द्र माझपालीमा, मंसिर २३ गते वडा नम्बर–५ को केन्द्र नक्राडामा वितरण गरिने भएको छ ।
यस्तै मंसिर २६ गते वडा नम्बर–४ को केन्द्र निलासैन, मंसिर २७ गते वडा नम्बर–१ र २ लाई केन्द्रीत गरेर सिममा वितरण गर्ने गरी तयारी गरिएको छ ।
वडाका कुनैपनि नागरिकले आयोडिनयुक्त भानु नुन लिन आउँदा वडाले दिएको सिफारिस र नागरिकता साथमा लिएर आउन समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया