गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:४४

टस जितेर बलिङ गर्दै विराटनगर, सुदूरपश्चिमको पहिलो विकेट पतन

एनपीएल
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर १८, २०८१
टस जितेर बलिङ गर्दै विराटनगर, सुदूरपश्चिमको पहिलो विकेट पतन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन विराटनगर किंग्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सुदूरपश्चिमको पहिलो खेल हो भने विराटनगरको दोस्रो।

यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। त्यसैले विराटनगर दोस्रो खेलमा जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम पहिलो खेलबाटै जित हासिल गर्न चाहन्छ।

यसैबीच तेस्रो ओभरको खेलमा सुदूरपश्चिमले एक विकेट गुमाएको छ। सुदूरपश्चिमका अमित श्रेष्ठ ५ बलमा १ रन बनाएर पेभेलियन फर्किएका छन्। 

प्रतिक्रिया