गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३९

दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

उपनिर्वाचन-२०८१
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्।

जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया