गाैमुल खबर डटकम बुधबार १९, मङि्सर २०८१ ०३:२२

गौमुलका मंगल उपचार खर्च नपाएर मृत्युसँग लड्दै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
गौमुलका मंगल उपचार खर्च नपाएर मृत्युसँग लड्दै

बाजुरा : गौमुल गाउँपालिका–२ मल्लोदुगुनका मंगल रोकाया यतिबेला जीवन मरणको दोसाँधमा छन् । लामो समयदेखि अल्सरको बिरामी रोकाया यति बेला उत्तराखण्ड स्थित दहंश हस्पिटल भारतमा उपचाररत छन् ।

“हस्पिटलले अप्रेशनको लागि पहिले काउन्टरमा रकम जम्मा गर्न भनेको छ । अस्पतालमा भर्ना भएको २७ दिन भयो, रकम जम्मा गर्न सकेको छैन् । म बेडमै पल्टेको छु । डाक्टरले छिटो उपचार गर्नुपर्छ भन्छन्, मसंग कौडी पैसा छैन् । कसरी जीवन बचाउने ? 

दुब्लाउँदै गरेको शरीरको फोटो पोष्ट गर्दे उनले भने आन्द्रामा तीनवटा घाउ रहेका छन् । औषधी खाएर पहिलो अप्रेसन गराएँ ज्यान झनझन घट्दै गएको छ । अहिले जीउ घटेर ३३ केजी मात्र छ’, मंगलले भने ।

दिनको भारु तीन हजार आठ सय ७१ रुपैंया उपचार खर्च हुन्छ । भएको  सबै पैंसा सकियो उपचार भएको छैन् । कोही दाताले ज्यान बचाईदिए हो मत मृत्यूसँग लडिरहेको छु, मंगलको दुखेसो छ ।

नेपालमा महँगो उपचार खर्च बेहोर्न नसक्दा छोरी ज्वाइँकाे सहारामा भारत आयौँ । यहाँ उपचार राम्रो हुन्छ भन्ने सुनेका थियौं छोरोको हेरचाहले कतै काम गर्न पनि पाएको छैन् ।

छोराको ज्यान बचाउनकै लागि भारत पुगेका छौं’, मंगलका बुबा गोकर्णबहादुर रोकायाले भने । उनी सदरमुकाम मार्तडीमा किराना खुद्रा ब्यपार ब्यवासय गर्दे आएका थिए । ब्यपार व्यवसायको लागि घर जग्गा बैंक र सहकारीमा धितो राखेका छन् ।

व्यापार पनि शून्य छ । घर जग्गा बेचेरपनि उपचार गराउन खोज्दा किनिदिने मान्छे पनि भेटिँदैनन् ।  पैसा जम्मा गर्न नसके रिफर गरिदिने हस्पिटलले चेतावनी दिएको छ, मेरो छोराको ज्यान बचाउने को दैव होला ? रोकायाले भने ।

अहिले बिरामी मंगल रोकायाको फोटा सामाजिक सञ्जालमा छ । छोराको दयनीय अवस्था देखेर केही आफन्तजनले सहयोग त गरेका छन् । त्यसले पुग्ने अवस्था छैन् ।

छोराको सहयोगको लागि मंगल रोकायाका नामको ग्लोबल आईएमई बैंकको खाता नं (११००७०१०००१२७४) सहित क्युआर कोड पनि सार्वजनिक गरेका छन् ।

धेरै सामाजिक अभियान्तालाई अनुरोध गरेँ मेरो ज्यान बचाउन पहल भएको छैन् मंगलले भने  । म हार गुहार गर्छु  मेरो उपचार भए भएमा सम्पत्ति बेचेर सबैको ऋण चुक्ता गर्नेछु अहिले मेरो ज्यान बचाइदिन सबैमा अनुरोध छ, हस्पिटलको बेडबाट मंगलले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया