गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:५३

पीसविनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक २६, २०८१
पीसविनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बाजुरा : पीसविन नेपालद्धारा सञ्चालित युएनएफपीए नवौं देशीय परियोजनाले गौमुल गाउँपालिकाका दुईवटा विद्यालयमास्वास्थ्य सामाग्री वितरण गरेको छ ।

किशोरकिशोरीमैत्री सूचना केन्द्रका लागि आवश्यकपर्ने स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको पीसविन स्वास्थ्य अधिकृत निर्मला खडायतले बताएकी छन् । पालिकाको वडा नम्बर ४ र ५ नम्बरमा रहेका दुई विद्यालयमा सामाग्री सोमबार विरतण गरिएको हो ।

वडा नम्बर ४ मा रहेको कीर्तिचौर माध्यामिक विद्यालय कालादह र वडा नम्बर ५ मा रहेको मानाकोट माध्यामिक विद्यालय थलालाई सामाग्री हस्तान्तरण्म गरिएको हो ।

जसमा बेड, उचाई र तौल नाप्ने यन्त्र, टेबल, दराज, घडी, फिल्टर, थर्मोमिटर, कार्पेट, कुर्सी, कुसम, प्राथमिक उपचारमा प्रयोग हुने सामाग्री, इलोक्ट्रोनिक जग, किशोरकिशोरी सम्बन्धी शिक्षाका लागि सन्दर्भ सामाग्री वितरण गरिएको हो ।

त्यस्तै डस्ट्बिन, बाल्टिन, जग, डोरमेट लगायत स्वास्थ्य सम्बन्धी आवश्यक सामाग्री वितरण गरिएको छ । सम्बन्धीत विद्यालयमा पुगेर सामाग्री वितरण गरिएको छ ।

वितरणमा गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंह, प्रधानाध्यापक, पीसविन स्वास्थ्य अधिकृत निर्मला खडायत, पीसविन कर्मचारी कृष्ण बोहरा, पत्रकार महासंघ बाजुराका सचिव रमित विक लगायतको सहभागीता रहेको थियो ।  

प्रतिक्रिया