गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५९
Dho

गौमुल गाउँपालिकामा मनोनयन दर्ताकै दिन तीन जना युवा एमालेमा प्रवेश

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख १३, २०७९
गौमुल गाउँपालिकामा मनोनयन दर्ताकै दिन तीन जना युवा एमालेमा प्रवेश

बाजुरा : स्थानीय तहको चुनाव आउन अब १७ दिन बाँकी रहदाँ गौमुल गाउँपालिकामा एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । 

विगत लामो समयदेखि नेपाली काँग्रेसमा आस्थावान गौमुल गाउँपालिका ६ टाँडाकोटका उमेश रोकाया, रोशन रोकाया र वीरेन्द्र रोकाया एमालेमा प्रवेश गरेका हुन् । विगत लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशील सक्रिय कार्यकर्ताको रुपमा रहेका तीनै जनाले एमाले राजेका हुन् ।

गौमुल गाउँपालिकामा एमाले बाहेक अन्य कुनै पनि शक्तिकाे भविष्य नरहेको निष्कर्ष सहित एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य बसुन्धरा रोकाया र नेकपा एमालेका उपसचिव हरि बहादुर रोकायाले पार्टीमा समाहित गर्नुभएको हो ।

नेपाली काँग्रेसको गौमुल गाउँपालिमा भविष्य शुन्यमा झरेको बताउँदै आफु सहित सिंगो परिवारले नेकपा एमाले रोजेको नवप्रवेशीले बताएका छन् । नवप्रवेशीलाई समाहित गदैं नेताहरुले उचित सम्मान सहित व्यवस्थापन गर्ने बताएका छन् ।

पछिल्लो समय गौमुल गाउँपालिकामा एमाले रोज्नेहरु विस्तारै बढ्दै गएका छन् । यता कार्यकर्ताहरुले भने स्थानीय चुनावमा आफुहरु बहुमतका साथ जित्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया