गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:५६

समाज परिवर्तनमा सबै जागरुक हुनुपर्छ : वडा अध्यक्ष रोकाया

घटाल आधारभूत विद्यालयद्धारा शुभदीवलीको शुभकामना आदान प्रदान आयोजना
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक १३, २०८१
समाज परिवर्तनमा सबै जागरुक हुनुपर्छ  : वडा अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले समाज परिवर्तनका लागि सबैले जागरुक हुनुपर्नेमा जोड दिएका छन् । घटाल आधारभूत विद्यालयले आयोजना गरेको शुभदीपावलीको शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

समाजको विकास एक्लैले सम्भव हुदैन त्यसैले यसमा सबैको उत्तिकै जिम्मेवारी रहने भएकोले एकता हुन जरुरी रहेको बताएका छन् । समाजमा हरेक खालका व्यक्तिको बसोबास रहने भएकोले संस्कृति र संस्कार अनुसार तिहार मनाउन आग्रह गरेका छन् ।

खेल प्रति खेलाडीको अनुशासन कायम भएन भने प्रगति नहुनेमा जोड दिदैं खेलाडीले सर्वप्रथम अनुशासनको पालना गर्न जरुरी हुने उल्लेख गरेका छन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभिभावक जागरुक हुन जरुरी हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा विद्यालयले विभिन्न सन्देशमूलक नृत्य तथा सांस्कृतिक कार्यक्रम सहित टोल स्तरीय भलिबल प्रतियोगीता र डेउडा समेतको आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश रोकाया रहेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष कलक बहादुर रोकाया, पूर्व वडा सदस्य चक्र रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी बनेका थिए ।

कार्यक्रममा छिमेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक, शिक्षकहरु लगायत सेवाक्षेत्र अभिभावकको उपस्थिति थियो ।

विद्यालयका शिक्षक भीम बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक हर्क बहादुर थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका हुन् ।

भलिबलमा घट्मुना बजार प्रथम
घटाल आधारभूत विद्यालयले आयोजना गरेको साविकको टोल स्तरीय भलिबल प्रतियोगीताको उपाधी घट्मुना बजारले हात पारेको छ ।

शुभदीपावलीको अवसरमा आयोजित प्रतियोगीतामा द्धितिय भवानी युवा क्लव टाँडाकोट, तृतिय बाडी टोल बाडी बनेका हुन् ।

त्यस्तै कार्यक्रममा टोल स्तरीय डेउडा प्रतियोगीतामा प्रथम घटाल बाल समूह, द्धितिय दाउरेगाउँ टोल र तृतिय टुनी बाम्नी टोल भएको विद्यालयका प्रधानाध्यापक हर्क बहादुर थापाले बताएका छन् ।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नमा सबै सरोकारवाला पक्षसंग संवाद गरेर अघि बढ्ने गरी विद्यालय परिवार संकल्पित भएको छ । 

प्रतिक्रिया