गाैमुल खबर डटकम शुक्रबार ०२, कार्तिक २०८१ ०७:०२
दसैंको शुभकामना ९ वटै स्थानीय सरकारका

सिममाटामा चट्याङ लागेर ३३ भेडाबाख्रा मरे, तीन जना सामान्य घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १९, २०८१
सिममाटामा चट्याङ लागेर ३३ भेडाबाख्रा मरे, तीन जना सामान्य घाइते

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–३ स्थित बेहरीको सिममाटामा चट्याङ लागेर ३३ भेडा बाख्रा मरेका छन् । असोज १८ गते बेलुका साढे ५ बजेतिर परेको चट्याङले भेडाबाख्रा मरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

गौमुल गाउँपालिका–३ जडेचौकाका स्थानीय चक्र बहादुर धामीका २० वटा भेडाबाख्रा र १ कुकुर, गौमुल गाउँपालिका–३ बेहरीका गोरख बहादुर रोकायाका १३ वटा भेडाबाख्रा मरेको प्रत्यक्ष स्थलबाट वडा सदस्य भान बहादुर धामीले जानकारी दिएका छन् ।

तीन जना भेडाबाख्रा गोठाला सामान्य घाइते भएका छन् । घाइते हुनेमा १२ वर्षीया मनिष रोकाया, १६ वर्षीया रेशम धामी र ११ वर्षीया विक्रम धामी रहेका छन् । गौमुलमा पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको छ ।

भेडाबाख्रा चट्याङबाट मरेपछि आफुहरुलाई घर खर्च गर्न समस्या भएको पीडितहरुले बताएका छन् । पीडित चक्र बहादुर धामीले भने, ‘यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बालबच्चाको पढाई खर्च सहजरुपले धानेको थियो ।’

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक गोरख बहादुर रोकायाले बताए । उनले भने, ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौं ।

राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिल समेत गरेका छौं ।’ यता गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय सरकारबाट हुने सहयोग गरिने बताएकी छन् । 

प्रतिक्रिया