गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ००:४६

वडा सरकारद्धारा पीडित महिलालाई राहत वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १४, २०८१
वडा सरकारद्धारा पीडित महिलालाई राहत वितरण

बाजुरा : गौमुल गाउँपालिका–६ गैरीबाडा टोलका पीडित महिला पुष्पा सार्कीलाई वडा सरकारले राहत दिएको छ । वडा कार्यालयमा वडा अध्यक्ष प्रकाश रोकाया लगायत जनप्रतिनिधिहरुले पीडित महिलाको समस्यामा थोरै मलम लगाउन राहत उपलब्ध गरिएको छ ।

विगत लामो समयदेखि श्रीमान भारतमा बेपत्ता भएर पीडामा परेकी स्थानीय महिलालाई वडा कार्यालयमा बोलाएर सामान्य राहत प्रदान गरिएको वडा अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।

पीडित महिलालाई सामान्य राहत स्वरुप लत्ताकपडा, भाँडाकुडा र अन्य सरसफाईका सामानहरु र त्रिपाल प्रदान गरिएको छ । विगत लामो समयदेखि श्रीमान बेपत्ता भएर खोजी कार्य गरिएको भएपनि हालसम्म पत्ता लाग्न सकिरहेका छैन् । भारत जान्छु भनेर फरार भएका श्रीमान लामो समय हुदाँसम्म सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया