बाजुरा : गौमुल गाउँपालिका–४ नम्बर वडाले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
वडा कार्यालयको केन्द्र निलासैनमा असोज १० गते औपचारिक कार्यक्रमका बीच शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।
एक आसपमा आपसी भाईचाराको सम्बन्ध स्थापित गरी वडा सरकार र जनता बीचको सम्बन्ध थप सुमधुर बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् ।
जनतालाई आफुसंग भएको कुरामा खुसी भएर विजया दशमी मनाउनका लागि आग्रह प्रत्यक्ष रुपमा गरेर जनताको पनि शुभकामना एक आपसमा साँटासाट गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
विभिन्न चाडपर्वले गरिब जनतालाई असर गर्ने कुरामा वडा सरकार गम्भीर रहेकोले आफुसंग जे कुरा छ उक्त कुरामा रमाएर चाँडबाड मनाउने गरी कार्यक्रमले भूमिका खेल्ने विश्वास वडा सरकारले लिएको छ ।
कार्यक्रम असोज १० गते विहाना १० बजे वडा कार्यालयमा औपचारिक रुपमा आयोजना गरिने भएको छ । कार्यक्रममा वडाबासीलाई उपस्थित हुन वडा कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया