गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५१
Dho

बाजुराको मार्तडीमा अनन्ते मेला सुरु

मेला अवधिभर मदिरा विक्रि वितरणमा रोक
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज ०२, २०८१
बाजुराको मार्तडीमा अनन्ते मेला सुरु

बाजुरा : बाजुरामा अनन्ते मेला सुरु भएको छ । बाजुराबासीको दशैंपछिको दोस्रो ठुलो पर्वका रुपमा मनाईने अनन्ते मेला भाद्र शुक्ल पूर्णिमाको दिनदेखि लाग्ने गर्दछ । मेला जिल्ला सदरमुकाम मार्तडीको उपरकोट, मालिका मन्दिर नजिकै रहेको अनन्त्या गणामा आजदेखि ४ गते शुक्रबारसम्म लाग्ने भएको हो ।    

मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म आफ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गर्दछन् । ढाका टोपी, दाउँरा सुरुवामा सजिएर हातमा मिजुरा सहीत अन्नते खेल्ने गरिन्छ । भने भारी खेल पनि लगाइँन्छ । 

भारी खेलमा देवि देवताका मागलहरु गाईने गरिन्छ । विशेषगरी बडीमालिका नगरपालिका–८ र ९ का स्थानीयले महत्वका साथ मनाउँने गर्दछन् । अनन्ते शब्द अन्यायको अन्त्यबाट अपभ्रम्स भई अनन्ते भएको बताइन्छ  । अन्यको अन्त्य र न्यायाको शुरुवाद भएको अवसरमा खुिसयाली मा यो मेला शुरुवाद भएको  किमदन्ती रहेको छ ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताएका छन् ।

अनन्ते पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहि आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष हर्षल्लासका मनाउने गरिन्छ ।

मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाको मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रवीस लगायतका एक दर्जन बढी क्षेत्रमा ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसा घातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टिले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक भेटघाट सहीत खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् ।

अनन्ते मेलालाई थप व्यवस्थित र भव्य बनाउनका लागि बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजे सम्म मात्र मेला मनाउन दिने निणर्य गरेको छ । भने मदिरा विक्रि वितरणमा रोक लगाएको छ । मेला अवधिवर मदिरा तथा लागु पदार्थ विक्री वितरण एवंम सेवन गर्न निषेध गरिएको हो । 

त्यस्तै मेला अवधिभर मार्तडी बजार आसपासका क्षेत्रमा मदिरा उत्पादन, विक्रि वितरण, ओसारपसार र सेवन गर्न पूर्ण रुपमा निषेध गरिएकोमा यस्तो कार्य गर्ने जोकोहीलाई ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना सहीत कडा कारवाही गरिने नगर–उप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । 

मेलालाई भव्य रुपमा सञ्चालन गरी सम्पन्न गर्न बडीमालिका नगरपालिका–८ का वडाध्यक्ष चन्द्र बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको छ । भने स्वयंमसेवक समेत परिचालन गरिएको उनले बताईन् । 

प्रतिक्रिया