गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०७
Dho

उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान, मानाकोट स्वास्थ्य चौकी प्रथम

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान, मानाकोट स्वास्थ्य चौकी प्रथम

बाजुरा : गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो ।

उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ ।

समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा प्रदान गरी स्वास्थ्यका विभिन्न सुचाङ्क पूरा गरेको भन्दै प्रमाण–पत्र प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

त्यस्तै घट्मुना आधारभूत अस्पताल, अम्लिस आधारभूत स्वास्थ्य संस्था, तल्लोदुगुन स्वास्थ्य संस्था, नक्राडा स्वास्थ्य संस्था लगायतलाई सान्त्वनाको प्रमाण पत्र प्रदान गरिएको छ । थप काममा हौसला बढाउन र प्रोत्साहनका लागि सम्मान गरिएको हो ।

थप कामलाई निरन्तरता दिन आग्रह गर्दै प्रमाण–पत्र गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा र वडाअध्यक्षहरुले हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी वार्षिक समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका लाल बहादुर खड्का, बाजुरा स्वास्थ्य चौकी टाँटेकी अनमी मंगला बोहरा र कैलाशमाण्डौं स्वास्थ्य चौकीका ईन्चार्ज प्रकाश विक्रम शाहीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
गौमुल गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य क्षेत्रमा गरिएका विभिन्न गतिविधी सहितकोे समीक्षा आज सम्पन्न भएको हो ।

गाउँपालिकाको सभाहलमा सञ्चालन भएको स्वास्थ्य समीक्षा कार्यक्रममा पालिका भरीका स्वास्थ्य संस्थाहरुले हिजो एक वर्षको अवधीमा गरेको विभिन्न क्रियाकलाप सार्वजनिक गरेकोमा आज पालिका भरिको स्वास्थ्य क्षेत्रको विषयमा छलफल गरिएको थियो । 

स्वास्थ्य संस्थाहरुको प्रगतिको तुलनात्मक विश्लेषण, समीक्षामा पहिचना भएका समस्याको समाधान गर्ने, स्थानीय तहबाट जारी भएका नीति, नियम, निर्देशिकाको कार्यान्वयन तथा उपलब्धीहरुको विश्लेषण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । 

विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्न रणनीति तयार पार्ने, स्वास्थ्य योजना तर्जुमाका लागि प्राथमिकता क्षेत्र पहिचान गरी कार्य योजना तयार पार्ने र समीक्षामा पहिचान भएका समस्याको समाधान गर्न तर्फ केन्द्रीत हुने कार्यक्रममा सहभागि जनप्रतिनिधीले बताएका छन् । 

गाउँपालिकाको सभाहलमा सञ्चालन भएको २ दिने समीक्षा कार्यक्रममा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष देव बहादुर रोकाया, कलक बहादुर सिंह, अमर विक, प्रकाश बहादुर रोकाया, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका लाल बहादुर खड्का, बाजुरा स्वास्थ्य चौकी टाँटेका अनमी मंगला बोहरा, कैलाशमाण्डौं स्वास्थ्य चौकी ईन्चार्ज प्रकाश विक्रम शाही लगायतको सहभागीता रहेको थियो ।

May be an image of 7 people, dais and textMay be an image of 5 people and textMay be an image of 8 people, clarinet, flute and violin

प्रतिक्रिया