गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३७
Dho

सिमधारा लघु जलविद्युतको नहर माथिबाट पुनः पहिरो, विद्युत सेवा अवरुद्ध

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ १८, २०८१
सिमधारा लघु जलविद्युतको नहर माथिबाट पुनः पहिरो, विद्युत सेवा अवरुद्ध

बाजुरा : गौमुल गाउँपालिका–६ बसालामा रहेको सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समितिको नहर माथिबाट पहिरो बगेपछि सेवा अवरुद्ध भएको छ । भण्डारीबाडा गाउँ नजिकै नहरको माथिबाट पहिरो गएपछि विद्युत सेवा पुनः अनियमित भएको हो ।

विद्युतको नहर माथिको पहिरो पन्छ्याउनका लागि जनशक्ति आवश्यकपर्ने भएकोले सम्पूर्ण उपभोक्ताहरुले अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ । विद्युतको नहर माथिको पहिरो पन्छ्याउनका लागि जनशक्ति आवश्यकपर्ने भएका कारण सम्पूर्ण दाजुभाईले अनिवार्य उपस्थित हुन् भनिएको छ ।

पहिरोले थप क्षति गर्ने भएका कारण समयमै नहर मर्मतमा सरिक हुन सम्पूर्ण उपभोक्ताहरुलाई सूचना गरिएको छ । पहिरोलाई पन्छ्याउन करिव दुईदिन सयम लाग्न सक्ने अनुमान समेत गरिएको छ ।

पहिरो करिव १० मिटर बगेको छ । गौमुल गाउँपालिकाले देशको विकासकाे लागि दुईदिन कार्यक्रम अन्तरगत लिएको नीति अनुसार स्थानीय नहर मर्मत कार्यमा उपस्थित हुने भएका छन् । 

सिमधाराकाे अवरुद्ध विद्युत सेवा पुनः नियमित

प्रतिक्रिया