गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४०
Dho

खानेपानीको लाईन पहिरोले बगायो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ १७, २०८१
खानेपानीको लाईन पहिरोले बगायो

बाजुरा : गौमुल गाउँपालिका–६ मा खानेपानीको पाईप लाईन गएराति आएको भारी वर्षासंगैको पहिरोले बगाएको छ । वडाको सालीकोट र सञ्जीवनी टोलका स्थानीयले उपयोग गर्दै आएको खानेपानीको पाईप लाईनको बीचमा पर्ने पारीसेरा नजिक माथिबाट पहिरो आएपछि अवरुद्ध भएको छ ।

करिव १० मिटर बढी पहिरोले खानेपानीको लाईन बगाएपछि समस्या भएको स्थानीय शोनाम रोकायाले बताएका छन् । खानेपानीका लागि समस्या भएकोले तत्काल व्यवस्थापनका लागि वडा सरकारलाई स्थानीयले आग्रह गरेका छन् ।

यता वडा अध्यक्ष प्रकाश रोकायाले तत्काल व्यवस्थापका लागि पाईपको व्यवस्थापन गर्ने बताएका छन् । खानेपानीको पाईप लाईन पहिरोले बगाएपछि खानेपानीका लागि घण्टौं डिडेर ल्याउनुपर्ने बाध्यता स्थानीयमा सिर्जना भएको छ । 

प्रतिक्रिया