गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४७
Dho

गौमुलमा मध्ये रातमा चोरी गर्ने तीनलाई मुद्धा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ १७, २०८१
गौमुलमा मध्ये रातमा चोरी गर्ने तीनलाई मुद्धा

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंकमा चोरी गर्ने तीन जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । चोरीमा संलग्न बडीमालिका नगरपालिका–१ पिनालेखका २३ वर्षीया जनकराज उपाध्याय, बडीमालिका–७ जिल्लीका २० वर्षीया किरण विक र बडीमालिका–४ ओलेना बस्ने २० वर्षीया सन्देश नाथका विरुद्ध चोरी कसुर मुद्दा दर्ता गरेको हो ।

पक्राउ लगत्तै मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप समेत गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् । चोरीमा संलग्न तीनै जना चोरी र लुटपाटजन्य अन्य घटनामा समेत संलग्न भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनीहरुले भदौ १५ गते विहान २ बजेको समयमा बैंक सहित घट्मुना बजारमा रहेका अन्य पाँच वटा पसल तोडफोड गरी चोरी गरेको प्रमाणित भएको छ । सिसी टिभी फुटेजको आधारमा प्रहरीले तीनै जनालाई पहिचान गरेर पक्राउ गरेको हो ।

बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको मनिटर लिएको सिसी टि.भि.फुटेजमा देखिएको छ । भने गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी गरेका छन् ।

यसैगरी गाउँपालिकाको केन्द्र घट्मुना बजारमा रहेका ५ वटा पसलहरु तोडफोड गरी चोरी गरिएका छन् । स्थानीय व्यापारी चन्द्र रोकाया, सरिता रोकाया, गणेश थापा, सुशीला रोकाया र ज्ञान बहादुर सुनारको पसलमा चोरी भएको थियो ।

प्रतिक्रिया